स्वदेशी उत्पादन नेपालीहरुको मुख्य पहिचान हो : केन्द्रिय सदस्य भण्डारी

सहकारी केन्द्र नेपालको  प्रथम जिल्ला भेला मंगलसेनमा सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra
Saud Agro Kailash

अछाम । सहकारी केन्द्र नेपाल अछामको  प्रथम जिल्ला भेला सम्पन्न भएको छ । बुधबार अछाम सदरमुकाम  मंगलसेनमा एक कार्यक्रमका बिच सम्पन्न  भएको हो ।

सहकारी केन्द्र नेपालका केन्द्रिय सदस्य लोकेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज  एवम् सम्विधान सभा सदस्य शरद शिह भण्डारी रहनु भएको थियो भने विशिष्ट अतिथी माओवादी केन्द्रका केन्द्रिय सदस्य दिपक साउद रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले नेपालमा सहकारी डुब्नु बोर्डका सदस्यले आफ्नो घरघडेरी जोड्नुले भएको बताए । उनले भने “नियम बिपरीत सहकारीको रकम आफू र आफू निकटका मान्छेले प्रयोग गर्दा यस्तो समस्या आयको बताए । स्वदेशी उत्पादन हामी नेपालीहरुको मुख्य पहिचान भएकोले यस तर्फ सबै नागरिकले लाग्नु पर्ने बताए । नेपाली उत्पदन हाम्रो पहिचान संविधान कार्यन्वयन र समाजवाद उन्मुख अर्थव्यावस्था निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ माओवादी केन्द्रले देशै भरी यो अभियान सुरु गरेको प्रमुख अथिती शरद भण्डारीले बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै केन्द्रिय सदस्य साउदले सहकारी मार्फत देशको आर्थिक समृद्धि  अगाढी बढ्न सक्ने संभावना रहेको बताए । उनले भने “हामि सङ्ग थुप्रै श्रोत र साधनहरुलाई उत्पादनमुखी बनाउदै नागरिकहरुलाई यश तर्फ अगाडि बढाउन हामिले यो अभियान सुरु गरेको बताए ।

कार्यक्रमा बैकल्पिक केन्द्रिय सद्स्य मेल्लेख गाउपालिकाका प्रथम अध्यक्ष लोकबहादुर बोहरा (ज्वाला) पार्टीका जिल्ला संयोजक रविन्द्र साउद वाईसीएल केन्द्रिय सचिव शिव बोगटी लगायतको सहभागीता रहेको  थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.