
लागु पदार्थ दुर्व्यसन विरुद्ध र मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या निरुत्साहन सम्बन्धी विद्यालय/क्याम्पसका विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम कात्यायनी मावि बिरपथमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयाेजनामा बाल अधिकार संरक्षण कार्यक्रम अन्तर्गत साे कार्यक्रम गरिएको हाे ।

विव्यस अध्यक्ष लाल बहादुर शाहीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अछामका प्रहरी नायव उपरिक्षक ईश्वरी प्रसाद भण्डारी रहनुभएकाे थियाे । कार्यक्रममा सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर रावल बिशिस्ट अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रमका अन्य अतिथिमा प्रधानाध्यापक टाेपेन्द्र कुमार शाही, जिल्ला प्रशासन कार्यालय नासु विनाेद शाही, वडा सदस्य प्रेम शाही लगायत रहनुभएकाे थियाे ।
कार्यक्रममा लागू पदार्थ दुर्व्यसनी, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या निरुत्साहनका विषयमा सचेतनामूलक अभिमुखिकरण गरिएको थियोे ।
कार्यक्रमकाे सञ्चालन शिक्षक चक्र बहादुर विष्टले गर्नुभएको थियो ।


