
अछामः

मङ्गलसेन १३ बस्तीमा सामुदायिक कृषि तथा पशुसेवा केन्द्र स्थापना गरिएको छ । नगरपालिकाले वडानम्वर १३ का किसानहरुको सहजताका लागि सेवा केन्द्र स्थापना गरेको हो ।

सेवा केन्द्रको मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले एक कार्यक्रमका विच उदघाटन गर्नुभएको छ । सेवा केन्द्र मार्फत किसानहरुलाई कृषि सम्वन्धि सम्पूर्ण सेवा र पशु स्वास्थ्य सम्वन्धिका सेवा प्रदान गरिने जनाईएको छ । १३ नम्वर वडाका किसानहरुलाई नगरपालिका कार्यालय पुगेर सेवा लिन खर्चिलो र टाढा हुने भएकोले वडा कार्यालयमै सेवा केनद्र संचालन गरि सेवा प्रवाह गर्न लागिएको नगरपालिकाले जनाएकक्ष छ । यसबाट किसानहरुलाई सहज हुने विश्वास गरिएको छ ।
सेवा केन्द्रको कार्यालय उदघाटन कार्यक्रममा वडानम्वर १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी, वडा नम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, वडा सदस्य मैसरा थापा, समाजसेवी तेज बहादुर थापा, टंक बहादुर थापा, प्रेम बहादुर थापा, वडा प्राविधिक आनन्द साउद लगायतको सहभागिता रहेको थियो ।
सेवा केन्द्र उदघाटन कार्यक्रमको सञ्चालन वडाका पशुसेवा प्राविधिक मिन बहादुर थापाले गर्नुभएको थियो ।


