शिक्षक सँगठन रामारोशनको नयाँ समिति चयन, १० वटै पालिकामा अधिवेशन सम्पन्न

Kirci Gyan Kendra

नेपाल राष्ट्रिय शिक्षक संगठन रामारोशन गाउपालिकाकाे तेस्राे पालिका अधिबेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।बन्दसत्रबाट डबल बहादुर बिकको अध्यक्षतामा सर्बसम्वत नयाँ पालिका समिति चयन गरिएको हो ।

Samajik New Add 2082

समितिको उपाध्यक्षमा कम्मान सिंह राेकाया, गीता खनाल सचिव बल बहादुर परियार, काेषाध्यक्ष मनिषा तिमिल्सेैना, सह-सचिव हृदयराज देवकाेटा, सह- काेषाध्यक्ष पदम परियार, उपेन्द्र तिमिल्सैना, राम बहादुर साउद, सरिता साउद (थापा) र कुस्मा कुमारी बिष्ट सदस्य रहेका छन ।

Saud Agro Kailash

शिक्षक संगठनको १० वटै पालिकामा नयाँ नेतृत्व चयन भएसँगै आगामी फागुन १६ र १७ गते जिल्ला अधिवेशन हुने जिल्ला सचिव कृष्ण बहादुर वि.क.ले जानकारी दिनु भयो ।

त्यस अघि कार्यवाहक अध्यक्ष झलकदत्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश उपाध्यक्ष मन्जु कुवर तथा बिशिस्ट अतिथि प्रदेश उपमहासचिव लाेकराज न्याैपाने रहनु भएको थियोे ।
अन्य अतिथिमा जिल्ला उपाध्यक्ष गीता ढुङ्गाना, सचिव कृष्ण बहादुर बि.क., कोषाध्यक्ष तपेन्द्र शाही, एमाले जिल्ला सदस्य चक्र रावल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सदस्य डबल बि.क., मदन कुमार बाेहरा, भाेजराज धामी, धिरेन्द्र रावल,बान्निगढी जयगढ गाउँपालिका समिति अध्यक्ष लाेकराज रेग्मी लगायएका अतिथि तथा शिक्षक, कर्मचारीकाे सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन कार्यक्रमकाे सञ्चालन सचिव भरत रावल र सदस्य लाल बहादुर बटालाले गरेका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.