कुम्भमेलाबाट फर्किँदै गर्दा तीर्थालु चढेकाे गाडी दुर्घटना, रुपन्देहीका ३ जनाकाे ज्यान गयाे

Kirci Gyan Kendra

काठमाण्डाै – रुपन्देहीको देवदह नगरपालिकाबाट भारतको कुम्भमेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

Samajik New Add 2082

कुम्भमेलाबाट फर्किँदै गर्दा बिहान भारत उत्तर प्रदेशको आजमगढ वाराणसी सडककाे डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रेले उज्यालोलाई जानकारी दिनुभयो ।

Saud Agro Kailash

उहाँका अनुसार ज्यान गुमाउनेहरूमा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्मा रहेका छन् ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेहरूको गोरखपुरमा उपचार भइरहेको छ ।

उज्यालो अनलाइन

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.