जिल्ला बाल सञ्जाल अछामको अध्यक्षमा मनिषा साउद

जिल्ला स्तरिय बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम मंगलसेनमा सम्पन्न

Kirci Gyan Kendra

नेत्र साउद, अछाम ५ फागुनः

Samajik New Add 2082

जिल्ला बाल संजाल अछामको अध्यक्षमा मनिषा साउद सर्वसम्मत हुनुभएको छ । मंगलसेनमा सम्पन्न जिल्ला स्तरिय बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम मार्फत साउदको अध्यक्षतामा २१ सदस्यीय जिल्ला बाल सञ्जाल गठन गरिएको हो ।

सामाजिक विकास कार्यालय अछामको आयोजना र आस्था नेपालको सहकार्यमा भएको कार्यक्रम मार्फत जिल्लाका १० वटै स्थानीय तहबाट सहभागीता बालबालिकाहरुको प्रतिनिधित्व हुने गरि संजाल गठन गरिएको थियो । अध्यक्षमा निर्वाचित मनिषा कमलबजार नगरपालिकाकी हुन भने अन्य पदाधिकारीहरु पनि विभिन्न स्थानीय तहको प्रतिनिधित्व हुने गरि चयन गरिएको छ ।

Saud Agro Kailash

सञ्जालको उपाध्यक्षमा रिता ढकाल र खेमराज धमाला, महासचिवमा लोचन कुँवर, सचिवमा रोहित शर्मा, सह सचिवमा आकृति ताम्राकार र कोषाध्यक्षमा सुस्मिता देवकर चयन भएका छन । यस्तै संजालको सदस्यमा मनिषा थापा, महेश ढुंगाना, हेमन्त धामी, दिपेन्द्र नगार्जि, कमल ओड, समिक्षा बुढा, पुजा कुटमाल, मानव रावल, सृजना साउद, सृजन पार्कि, निशा परियार, मनिषा अधिकारी र बिकेक बिक रहेका छन ।

सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवर रहनुभएको थियो । कार्यक्रममा कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल, पञ्चदेवल बिनायक नगरपालिका प्रमुख अम्बिका चलाउने, रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउद, ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउद, मंगलसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिर्ख बहादुर बोगटी, बान्निगढी जयगढ गाउँपालिकाका कार्यवाहक अध्यक्ष नेत्र साउद, प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारी लगायतका अतिथि रहनुभएको थियो ।

सामाजिक विकास कार्यालय अछामका सव ईञ्जिनियर भविष्य खत्रीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा तुर्माखाँद गाउँपालिकाका पूर्व अध्यक्ष तथा अधिवक्ता पुष्पराज शर्माले बाल सञ्जाल गठनको प्रकृया, ढाँचा र सैद्धान्तिक पक्षबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन आस्था नेपालका कार्यक्रम हर्क खड्काले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.