३ महिने अभियान अन्तरगत एमालेको कार्यक्रम मनपा ७ मा सम्पन्न

Kirci Gyan Kendra

पवन खत्रीः नेकपा एमाले अछामको ३ महिने वडा केन्द्रित अभियान अन्तरगत जरा अभियान आमसभा कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ७ मा सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष गंगा कामिकाे अध्यक्षातामा भएको कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्याय प्रमुख अतिथी रहनु भएको थियो ।

Samajik New Add 2082

प्रमुख अतिथी उपाध्यायले यतिबेलाको वडा केन्द्रित ‘जरा अभियान ८४ मा बहुमत ल्याउने अभियान भएको बताउनु भयो ।

Saud Agro Kailash

कार्यक्रममा बिशिष्ट अतिथी सविधान सभा सदस्य भैरे कामीले संगठन सुदृढीकरण, जनताको चासो र गुनासो संकलन तथा समाधानको पहल “जरा अभियान वडा केन्द्रित कार्यक्रम भएकाले यसलाई सफल बनाउनु पर्ने बताए ।

अर्का बिशिष्ट अतिथी मंगलसेन नगरपालिका नगर प्रमुख पदम बोहराले नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पुर्याउने र जनताको सुझाव संकलन गरी समृद्धिको योजना निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको जानकारी दिए ।
कार्यक्रममा नगरकमिटी सचिव डम्बर रावलले नगरकमिटि बैठकबाट ३ महिने जरा अभियानमा हुने कार्यक्रम बारे जानकारी गराएका थिए ।

कार्यक्रममा अन्य अतिथिमा सुदुरपश्चिम प्रदेशका स्कुल बिभाग उपाध्यक्ष रतन प्रसाद ढुंगाना, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ७ का ईन्चार्ज दुर्गा प्रसाद भण्डारी, ६ का ईन्चार्ज पुस्पराज भण्डारी, शिक्षक संगठनका भुमिराज ढुंगाना, वडा अध्यक्ष राज बहादुर शाही, सदस्य उदयराम जैसि लगाएतका अतिथी रहनु भएको थियो । कार्यक्रमको संञ्चालन नगरकमिटि उप-सचिब कालुसिह कामीले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.