बान्निगढीका अध्यक्ष साउँद चुनावि बाचा पूरा गर्दै : खानेपानी, सरसफाइ र विकास कार्यमा तिब्रता

Kirci Gyan Kendra

बान्नीगढी-बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदको नेतृत्वमा स्थानीय विकासले तीव्र गति लिएको छ।

Samajik New Add 2082

विशेष गरी खानेपानी तथा सरसफाइ अभियानले उल्लेखनीय प्रगति गर्दै आएको छ। चुनावी प्रतिबद्धताअनुसार पालिकाले खानेपानी समस्या समाधानका लागि ठोस पहल थालेको छ, जसको प्रत्यक्ष लाभ स्थानीय बासिन्दाले पाएका छन्।

जयगढ बजारमा खानेपानी समस्या समाधानतर्फ नयाँ पहल

जयगढ बजारका बासिन्दा वर्षौंदेखि खानेपानी अभावबाट पीडित थिए। टाढा–टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको अवस्थामा अहिले गाउँपालिकाको पहलमा १०० भन्दा बढी धारा जडान गरिसकिएको छ।

स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै नयाँ मुहान पहिचान गरी खानेपानी वितरणलाई व्यवस्थित बनाउने योजना अघि बढाइएको अध्यक्ष साउँदले जानकारी दिए।

उनका अनुसार, गर्मीयाममा पनि खानेपानी अभाव हुन नदिन नयाँ मुहानको पानी भित्र्याउने प्रक्रिया अगाडि बढिसकेको छ। “खानेपानी कुनै विलासिता होइन, यो हाम्रो प्राथमिक आवश्यकता हो। त्यसैले हामी दीर्घकालीन समाधानतर्फ केन्द्रित भएका छौं,” अध्यक्ष साउँदले बताए।

बजार सरसफाइ अभियानले लियो गति

Saud Agro Kailash

पहिले फोहोर व्यवस्थापनको अभावमा दुर्गन्धित देखिने जयगढ बजार अहिले सरसफाइयुक्त बन्दै गएको छ।

गाउँपालिकाले साप्ताहिक रूपमा फोहोर संकलन अभियान सञ्चालन गरिरहेको छ। बजारका विभिन्न स्थानमा डस्टबिनहरू राख्ने, फोहोर व्यवस्थापनका लागि ट्याक्टर तथा कर्मचारी परिचालन गर्ने लगायतका कार्य भइरहेको छ।

स्थानीय व्यापारी तथा सर्वसाधारण यस कदमबाट उत्साहित छन्। “पहिले जथाभावी फोहोर फाल्नुपथ्र्यो, अहिले नियमित सरसफाइ हुँदा वातावरण स्वच्छ बनेको छ,” एक स्थानीय व्यवसायीले भने।

गाउँपालिकाका अन्य महत्वपूर्ण विकास कार्यहरू

गाउँपालिकाले खानेपानी तथा सरसफाइ बाहेक अन्य विकास योजनाहरूमा पनि उच्च प्राथमिकता दिएको छ।
✔ पालिकाको आफ्नै प्रशासनिक भवन निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ। कार्यकालभित्रै आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको छ।
✔ भालुमारेमा १५ शैय्याको अस्पताल निर्माण कार्य छिट्टै सम्पन्न गरिनेछ।
✔ शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा पर्यटन क्षेत्रका परियोजनाहरू क्रमशः कार्यान्वयनमा आइरहेका छन्।

गाउँपालिकाले खानेपानी तथा सरसफाइ क्षेत्रमा चालेको कदमप्रति स्थानीयबासी निकै उत्साहित देखिन्छन्।

गाउँपालिका अध्यक्ष साउँदले आफूले गरेका चुनावी प्रतिबद्धताहरू पूरा गर्दै विकास योजनालाई अझ प्रभावकारी बनाउने बताएका छन्।

“हामी गाउँपालिकाको समग्र विकासमा केन्द्रित छौं। खानेपानी, सरसफाइ, स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटन सबै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्नेछौं,” अध्यक्ष साउँदको प्रतिबद्धता छ।

स्थानीय जनताको साथ र सहयोग रहेमा गाउँपालिकाले अझ धेरै उपलब्धि हासिल गर्ने गाउँपालिका अध्यक्ष साउँदको बिश्वास छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.