प्रजातन्त्र दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

Kirci Gyan Kendra

अछाम: ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा अछाम जिल्लामा बिरामीलाई फलफुल बितरण गरिएको छ । राष्टिय प्रजातन्त्र दिवस २०८१ जिल्ला स्तरिय मुल आयोजक समितिले जिल्ला अस्पताल, अछाम, बयालपाटा अस्पताल र अनाथालयका बिद्यार्थीहरुलाई फलफुल बितरण गरेको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

जिल्ला अस्पताल अछामका २१ जना, बयालपाटा अस्पतालका ४२ जना र जिल्ला स्थित षोडशा माबिमा रहेको अनाथालयका १४ जना बिद्यार्थीहरुलाई फलफुल बितरण गरिएको प्रजातन्त्र दिवस मुल आयोजक समितिका संयोजक जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवँरले बताए ।

फलफुल बितरण कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शिब प्रसाद लम्साल, नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारी, नेपाल प्रहरी अछामका प्रमुख प्रहरी नायब उपरिक्षक ईश्वरी प्रसाद भण्डारी, अनुसन्धान अधिकृत दिल बहादुर चौधरी लगायतको सहभागिता रहेको थियो ।

बयालपाटा अस्पतालमा भएको फलफुल बितरण कार्यत्रक्रमा पूर्व जिविस सभापती भरत कुमार स्वाँर, नेपाली कांग्रेस अछामका उपसभापति अर्जुन ताम्रकार, अस्पतालका निर्देशक डाक्टर मन्दिप पाठक, अधिवक्ता पुष्पराज शर्मा, पत्रकार धु्रव बीसी, युवा नेता सुशिल कुँवर लगायतको पनि सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.