शिक्षा क्षेत्रको विकास हुन सकेन भने देशको विकास हुन नसक्नेः यज्ञ बोगटी

कुन्ती माविको ५९ औं वार्षिकोत्सव तथा अभिभावक भेला गरियो

Kirci Gyan Kendra

नेत्र साउद, अछाम ९ फागुनः

Samajik New Add 2082

कुन्ती माध्यमिक विद्यालयकाे ५९ औं बार्षिकाेत्सव तथा अभिभावक भेलाको उदघाटन सत्र सम्पन्न भएको छ । विद्यालयले विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाएको हो ।

विव्यस अध्यक्ष गंगा कुमारी साउद थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा अछाम क्षेत्र नम्वर २ प्रतिनिधि सभाका पूर्व सदस्य यज्ञ बहादुर बाेगटीकाे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बाेल्दै बाेगटीले शिक्षा क्षेत्रको विकास हुन सकेन भने देशको विकास हुन नसक्ने बताउनुभयो । देश निर्माण र रोजगारी श्रृजनाका लागि कस्तो खालको शैक्षिक प्रणाली अवलम्वन गर्दै समय सापेक्ष शिक्षा प्रदान गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । समय सान्दर्भिक शिक्षाका लागि राज्य जिम्मेवार बन्नुपर्ने बताउदै उहाँले शैक्षिक सुधार संगै अवैखाले विकासका लागि आफु निरन्तर लागिपरेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहराले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउदै सभ्य नागरिक बनाउन आग्रह गर्नुभयो । शैक्षिक सुधारका लागि अभिभावकले सक्रिय हुनुपर्नेमा उहाले जाेड दिनुभयो । यहाँका विद्यालयहरु शैक्षिक सवालमा निकै सक्रिय रहेको भन्दै उहाँले वडानम्वर १ का विद्यालयहरुकाे विकासका लागि आफुले पनि निरन्तर पहल गरिरहेकाे उहाले बताउनुभयो ।

Saud Agro Kailash

कार्यक्रममा वडानम्वर १ का अध्यक्ष लाेकराज नाथ, २ का अध्यक्ष देबेन्द्र बहादुर बाेगटी, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य टेकराज नाथ, नेकपा एमालेका जिल्ला सदस्य भीम राना, नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव कमल थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति दिपक साउद, नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष पूर्ण बहादुर राना, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य एकेन्द्र नाथ, नगरपालिका शिक्षा शाखाका प्रास दिपक भण्डारी, कार्यपालिका सदस्य हंश थापा राना, पूर्व वडा अध्यक्ष गाेपाल थापा, पूर्व गाविस अध्यक्ष हर्क राना, सम्पूर्ण विव्यस अध्यक्षहरुका तर्फबाट मालिका आधारभूत विद्यालयका विव्यस अध्यक्ष मिनराज नाथ, मालिका सामुदायिक सिकाई केन्द्रका अध्यक्ष हाेम बहादुर साउद, सवै विद्यालयकाे तर्फबाट खम्म आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक श्याम ढुंगाना, विद्यार्थीकाे तर्फबाट तारा थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मदन बहादुर बोगटीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थिहरुबाट विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष मान बहादुर बोगटीले स्वागत मन्तव्य राख्नुभएको  थियो भने सञ्चालन शिक्षक पूर्ण बहादुर रानाले गर्नुभएको थियो ।

अभिभावक भेलाको बन्दसत्रले नयाँ विद्यालय व्यवस्थापन समिति चयन गर्ने जनाईएको छ ।

दृश्यमा हेर्नुहोसः कुन्ती माविको ५९ औं बार्षिकोत्सव तथा अभिभावक भेला

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.