
अछाम:

“स्वदेशमै लगानी गरौं, बैदेशिक रोजगारीमा जाने नै भए, सहि सूचना लिई र सिप सिकेर मात्रै जाऔं” भन्ने मुल नाराका साथ सुरक्षीत आप्रवासन (सामि) कार्यक्रमको सेवा प्रवाह सम्बन्धि छलफल तथा आप्रवासी स्रोत केन्द्रको औपचारिक शुभारम्भ कार्यक्रम अछाममा सम्पन्न भएको छ ।
शनिबार जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरको अध्यक्षता, सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काको प्रमुख आतिथ्यतामाछलफल तथा आप्रवासी श्राेत केन्दकाे औपचारिक शुभारम्भ गरिएको छ ।

अछाम जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृत र रोजगार संयोजकहरुसँग कार्यक्रम बारे छलफल गरिएको र मंगलसेन नगरपालिकाको समन्वय तथा सहयोगमा आप्रवासी श्राेत केन्दकाे औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रम बोल्दै सामाजिक बिकास मन्त्री मेघराज खड्काले मन्त्रालयले ल्याउन लागेको तेस्रो मुलक जानेहरुका लागि ऐन बनेपछि भारत जानेहरुका लागि कुनै ऐन कानुन नभएकोले सामाजिक बिकास मन्त्रालयले ल्याउन लागेको श्रम तथा रोजगारी नितिले भारत जाने कामदारहरुलाई समेट्ने बताए ।
खुला सिमानाका कारण बिदेश जानेमा ९० प्रतिशत सुदूरपश्चिमेली भारत जाने भएकाले उनिहरुले भारतका के कस्ता समस्या भोग्छन भनेर बिज्ञ सहितको टोलिले अनुसन्धान गरि नितिमा समेट्ने काम भईरहेको भन्दै उहाँले भारतमा नेपालीहरुबाट नेपालीहरु नै ठगिने अवस्थामा भएकोले ती कुरा समेत नितिमा समाबेश गरिने बताए ।
हाल भारत जानेहरुका लागि सिमा नाका हेल्पडेस्क राखेर सचेतता दिने काम भईरहेको निति आएपछि भारत जाने कामदारका बारेमा सहजिकरण गर्न सहज हुने बताए ।


