
मंगलसेन नगरपालिका वडा नम्बर ९ देउतडामा नवनिर्मित शिव मन्दिर शिवालयको प्राण प्रतिष्ठा कार्यकम सम्पन्न भएको छ ।

२०३८ सालमा मंगलसेन नगरपालिका वडा नम्बर ९ पिपलगडा टोलका रतन रावल, चेतमान रावल र जगत रावलले कैलाश खोलाको फलाटे डम्मुमा माछा मार्न जादा न्याय हाल्ने क्रममा शिवको मुर्ति फेला परेपछि हाल उहाँहरु तिनै जना लगाएत सम्पूर्ण स्थानियको पहल र सहयोगमा शिवलाय निर्माण भएको हो ।
समाजसेवी रतन बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रदेश सभा ख का सासंद मान बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि रावलले धार्मिक संग छुट्टै सास्कृति जोडिने भएकाले संरक्षणमा जुटन सबैलाई आग्रह गर्नु भयो ।
धार्मिक कुराले पर्यटनमा समेत टेवा पुग्ने भएकाले आगामी दिनमा संरक्षण र प्रचारप्रसारमा लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रम एमाले अछामका सचिव भिम बहादुर रावलले २०३८ सालमा भेटिएको मुर्तिलाई संरक्षण गरेकोमा प्रसंसा गर्नु भयो । रावलले शिवालय स्थापना भएको शिव मुर्तिले ऐतिहासिक महत्व, परापूर्वकालमा देउताहरुले तपस्या, धार्मिक महत्व र साँस्कृतिक महत्व बोकेको हुनसक्ने बताउनु भयो ।
कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर बोहरा, सदस्य पुष्प बहादुर रावल, समाजसेवी झुलेन्द्र बहादुर रावल, तपेन्द्र रावल, स्थानिय शिक्षक निर्मला रावल, मोहन बहादुर रावल, भैरब बहादुर रावल, ९ नम्बरका सम्पुर्ण स्थानियको सहभागीता रहेको कार्यक्रममा समस्त परिवार जनको तर्फबाट भरत रावलले स्वागत गर्नु भएको थियोे ।



