विपद् पर्दा स्थानीय सरकार बन्यो सहारा

Kirci Gyan Kendra
चौरपाटी गाउँपालिका वडा नम्वर १ सिउडि खेडिगाउँ बस्ने लाले आउजीको घरमा शुक्रबार आगलागि भयो । आगलागिबाट घरमा पूर्ण क्षति हुनुका साथै उपभोग्य सामग्री र लत्ताकपडा सवै नष्ट भएका थिए ।
Samajik New Add 2082
Saud Agro Kailash
घरमा लागको आगो स्थानीयको पहलमा नियन्त्रणमा आएपनी घरधनिलाई तत्काल राहतको आवश्यकता परिरहेको समयमा चौरपाटी गाउँपालिकाले सहयोग गरेको छ । राहत सामग्री लिएर चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउद घटनास्थलमै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष साउदले राहत सामग्री वितरण संगै घट्नाको स्थलगत अनुगमन समेत गर्नु भएको छ ।
आफ्ना नागरिकहरु विपदजन्य समस्यामा पर्दा तत्कालका लागि आवश्यक पर्ने राहत सामग्री जनप्रतिनिधि आफै उपस्थित भएर उपलव्ध गराउँदा स्थानीयवासिले समेत अध्यक्ष साउदलाई धन्यवाद दिएका छन ।
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.