
नेकपा माओवादी केन्द्र तुर्माखाद गाउपालिका वडानम्वर ४ काे वडा अधिवेशन उदघाटन समाराेह सम्पन्न भएको छ । “वेथिति र भष्टचार विरुद्ध आर्थिक समृद्दि सुशासनको पक्षमा हाम्रो आन्दोलन, सुदृढ, सशक्त र जुझारु क्रान्तिकारी पार्टी निर्माणको पक्षमा तेर्सो वडा अधिवेसन” भन्ने मुल नाराका साथ कार्यक्रम भएको हाे ।

नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रर्देश समिति उपाध्यक्ष तथा सुदुरपश्रिम प्रर्देश सभा सदस्य अक्कल बहादुर रावलको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उदघाटन कार्यक्रममा विशिष्ट अतिथि पार्टिका केेन्दीय सदस्य रामप्रशाद तिमिल्सिना रहनुभएकाे थियोे ।

कार्यक्रममा जिल्ला पार्टि सचिव उदय बहादुर विष्ट, गाउँपालिका समिति अध्यक्ष मन बहादुर बयक, पुर्व गाउँपालिका समिति अध्यक्ष धरणिधर जैशी घोडासैनि, पालिका समिति सह सचिब नरेन्द्र लम्साल लगायतका अतिथि रहनुभएकाे थियोे ।
उक्त कार्यक्रममा २०५७ देखि २०६१ सम्म पार्टिको गाजस, वाजस, जनमुक्ति सेना, मिलिसिया, सहिद घरपरिवार, घाईते घरपरिवार लगायत विभिन्न भुमिकामा रहि पार्टिलाई महत्त्वपूर्ण योगदान दिने र भुमिका खेल्ने व्यक्तिहरुलाई सम्मानित गरिएको पार्टीका वडा कमिटी अध्यक्ष तथा तुर्माखाद गाउपालिका ४ का वडा अध्यक्ष पदम बहादुर बिसीले जानकारी दिनुभयो ।


