
अछामः

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज शरदसिंह भण्डारीले माओवादी जनयुद्धका कारण नै देशले अहिलेको उपलब्धि प्राप्त गरेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तुर्माखाँद गाउँपालिकाको तेस्रो पालिका अधिवेशनको उदघाटन गर्दै भण्डारीले व्यवस्था परिवर्तनको लडाइ माओवादीले जितेपनि अवस्था परिवर्तनको लडाइ जारी रहेको बताउनु भएको हो ।
संविधानसभा सदस्य समेत रहनुभएका नेता भण्डारीले देशमा भइरहेको बढ्दो भ्रष्टाचार बेथितिका बिरुद्द प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले लडाइ छेड्दा कांग्रेस एमाले अत्तालिएर अहिलेको सरकार बनेको बताउनु भयो । गठबन्धन सरकार बनेसंगै भ्रष्टाचारलाई जोगाउने खेल हुदा अर्थतन्त्र समेत चिन्ताजनक अवस्था पुग्नुका साथै जनताको मुद्दा ओझेलमा परेको बताउनुभयो ।

तुर्माखाँद गाउँपालिका कमिटी अध्यक्ष मन बहादुर बएकको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि केन्द्रिय सदस्य एंवम निर्वतमान प्रदेस सभा सदस्य कुन्ती जोशी, केन्द्रिय सदस्य दिपक साउद तरङ्ग, केन्द्रिय सदस्य राम प्रशाद तिमिल्सेन (राप्ती) र माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष एंवम प्रदेश सभा सदस्य अक्कल बहादुर रावल रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला संयोजक रविन्द्र साउद, जिल्ला सचिव उदय विष्ट, पालिका ईन्चार्ज जोरासिंह विष्ट, प्रदेस सदस्य ध्रुर्व विष्ट, रतन विक, बौद्दिक नेता दल बहादुर विसि, युवा नेता धरणिधर जैसी लगायतका अतिथि रहनुभएको थियो । कार्यक्रममा नेपालि कांग्रेस तुर्माखाँद गाउँपालिका समितिका सभापति कविराम बएक, नेकपा एमाले तुर्माखाँद गाउँपालिका कमिटी अध्यक्ष गौमति शाहि, रास्वपाका मन बहादुर बएकले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखिएको उदघाटन कार्यक्रमको स्वागत मनतव्य हरि जैसीले राखनुभएको थियो भने कार्यक्रमको संचालन नरेन्द्र लम्सालले गर्नुभएको थियो । अधिवेशनको बन्दसत्रले नयाँ गाउँपालिका कमिटी चयन गर्ने जनाईएको छ ।


