
अछामः नेकपा माओवादी केन्द्र तुर्माखाँद गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । २ दिनसम्म चलेको तेस्रो पालिका अधिवेशनको बन्दसत्रले पुनः मन बहादुर बयकलाई नै अध्यक्षतामा सर्वसम्मत चयन गरेको हो ।


यसअघि समेत पालिका कमिटी अध्यक्ष रहेका बयकको कमिटीमा उपाध्यक्ष हरि जैशी, ददिराम बुढा र हर्क तिरुवा छन भने सचिवमा नरेन्द्र लम्साल, सह-सचिब जगत शर्मा, कोषाध्यक्ष गंगा विसि लगायत अन्य सदस्य रहेका छन ।
पार्टीको गाउँपालिका कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित बयकले पार्टीलाई एकतावद्द गर्दै बलियो संगठन निर्माणमा जोड दिने बताउनुभयो । आगामी स्थानीय निर्वाचन २०८४ मा पार्टीलाई तुर्माखाँद गाउँपालिकामा जित्ने पार्टी बनाउन आफ्नो नेतृत्वको टिम परिचालन हुने उहाँको भनाई छ ।

