
११५ औं अन्तराष्ट्रिय महिला दिवस मंङ्गलसेन नगरपालिका वडा नम्वर १ कुन्तिवण्डालीमा सम्पन्न भएको छ । दिवसको अवसरमा वडा कार्यालयको आयोजनामा औपचारिक कार्यक्रम गरि दिवस मनाईएको हो ।


कार्यपालिका सदस्य हंश कुमारी थापा रानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा वडा अध्यक्ष लाेक राज नाथ रहनुभएको थियो । कार्यक्रमका अन्य अतिथिमा नेपाली काँग्रेसका जिल्ला सदस्य टेक राज नाथ, नेकपा एमालेका वडा कमिटी अध्यक्ष प्रशान्त राना, नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचसव कमल थापा, नेकपा एकृकित समाजवादी जिल्ला कमिटी सदस्य सदस्य ईन्द्र जैगडी, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य एकेन्द्र नाथ, वडा सदस्य सिद्द बहादुर थापा, पूर्व वडा अध्यक्ष गाेपाल थापा, मालसका सामुदायिक सिकाई केन्द्रका अध्यक्ष हाेम बहादुर साउद, वडा सचिव सिद्ध राज ढुंगाना, मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक पम्फा रावल, मालिका सामुदायिक वनका अध्यक्ष टेकेन्द्र जैगडी, एकल महिला मथुरा जैगडी लगायत रहनुभएको थियो ।
वडा सदस्य चन्द्रकला जैगडीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन मालिका सामुदायिक सिकाई केन्द्रका सहजकर्ता निर्मला पाल थापाले गर्नुभएको थियो ।


