माओवादीको ‘तराई मधेस जागरण अभियान’ तत्कालका लागि स्थगित

Kirci Gyan Kendra

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ तत्कालका लागि गरिएको जनाएको छ ।

Samajik New Add 2082

सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ अभियान तत्कालका लागि स्थगित गरिएको हो ।

Saud Agro Kailash

‘सदनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता बोध गरी, महँगी, जनजीविका, राष्ट्र राष्ट्रियता, महत्वपूर्ण कानुन निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई ख्याल गरेर तत्कालका लागि अभियान स्थगित गरिएको छ, आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केन्द्रित हुनुपर्ने र तराई मधेस क्षेत्रमा होली, रमजानलगायत सांस्कृतिक पर्वसमेत परेकाले अभियानलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ’, प्रवक्ता सापकोटाले भनेका छन्- ‘आगामी चैत महिनाको सुरुआतदेखि अभियान पुनः सञ्चालन गरिने छ ।’

झापाबाट सुरु भएको अभियान शनिबार (२४ फागुन) रौटहत पुगेर स्थगन भएको हो । अभियान स्थगित भएसँगै माओवादी केन्द्रले आइतबार पदाधिकारी बैठक बोलाएको छ ।

सो पार्टीले अभियानअन्तर्गत आइतबार पर्सा र सोमबार चितवनमा अभियानअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.