नेकपा माओवादी केन्द्र मंगलसेनको अध्यक्षमा सुरत भण्डारी, सचिवमा कमल थापा सहितको टिम सर्वसम्मत

वर्तमान उपलव्धिहरुको रक्षाका लागि माओवादी पार्टी बलियो हुनुपर्नेः जिल्ला ईञ्चार्ज भण्डारी

Kirci Gyan Kendra

नेकपा माओवादी केन्द्र मंगलसेन नगरपालिकाको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले सुरत भण्डारीको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

Samajik New Add 2082

कमिटीको उपाध्यक्षमा भक्त बिक, गौरब नेपाली, कर्ण बहादुर शाह रहेका छन भने सचिवमा कमल थापा, सह सचिवमा जंग बहादुर केसी र पुरन टमट्टा तथा कोषाध्यक्षमा महेश भण्डारी लगायत अन्य सदस्य रहेका छन ।

नवनिर्वाचित कमिटीलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज शरद सिंह भण्डारीले शपथ गराउनुभएको थियो । नयाँ नगर कमिटीलाई मंगलसेनको पार्टीलाई सक्रिय बनाउने महत्वपूर्ण कार्यभार रहेको बताउनुभयो । अव वडा स्तरमा पार्टी सदस्यता नविकरण लगायतका कार्य अघि बढाउन निर्देशन दिनुभयो ।

Saud Agro Kailash

यसअघि भएको उदघाटन सत्रमा प्रमुख अतिथि समेत रहनुभएका नेता भण्डारीले माओवादीको नेतृत्वमा हासिल गरिएको परिवर्तन र वर्तमान उपलव्धिहरुको रक्षाका लागि माओवादी पार्टी बलियो हुनुपर्ने बताउनुभयो । जसको नीति उसैको नेतृत्व हुनुपर्ने भन्दै संविधानसभा सदस्य समेत रहनुभएका भण्डारीले माओवादी पार्टीले गणतन्त्र, संघियता, समावेशी, समानुपातीक प्रणाली सहित समग्र परिवर्तनको नेतृत्व गरेपनि माओवादीको नेतृत्व नहुँदा उपलव्धिको रक्षा हुन नसकेको बताउनुभयो ।

नगर अधिवेशनको उदघाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य राम प्रसाद तिमिल्सिना र दिपक साउद बिशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य लोग बहादुर बोगटी, जिल्ला संयोजक रबिन्द्र साउद, वाईसिएलका केन्द्रिय सचिव शिव बोगटी, सहकारी केन्द्रका जिल्ला संयोजक शंकर परियार, प्रेस सेन्टरका सहसचिव नेत्र साउद, अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य भीम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति दिपक साउद, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य दिपेन्द्र जैगडी लगायतका अतिथि रहनुभएको थियो ।

नगर सह ईञ्चार्ज ज्ञान रावलले स्वागत मन्तव्य राख्नुभएको अधिवेशन उदघाटन समारोहको सञ्चालन सचिव कमल थापाले गर्नुभएको थियो ।

झंकर रावलको अध्यक्षतामा ११ सदस्यीय सहकारी केन्द्र मंगलसेन नगर कमिटी

यसैविचःआईतबार सम्पन्न एक भेलाले सहकारी केन्द्रको मंगलसेन नगरपालिका स्तरिय कमिटी गठन गरिएको छ । पार्टीका नेताहरु सहित सहकारी केन्द्रका जिल्ला संयोजक शंकर परियारको उपस्थितिमा झंकर बहादुर रावलको अध्यक्षतामा ११ सदस्यीय सहकारी केन्द्र गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा उषा बोगटी, सचिवमा भीम थापा, कोषाध्यक्षमा भक्त बिक सहित अन्य सदस्य रहेका छन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.