मंगलसेन नगरपालिका द्वारा सञ्चालित सेफ हाउस मार्फत ७ महिनामा १२९ जना हिंसा पिडित महिलाहरुले सेवा लिए

सेफ हाउसलाई अझैं प्रभावकारी बनाउने विषयमा सरोकारवाला एकमत

Kirci Gyan Kendra

होम साउद, अछाम २७ फागुनः

Samajik New Add 2082

मंगलसेन नगरपालिका द्वारा सञ्चालित सुरक्षित आवासगृह (सेफ हाउस) मा ७ महिनाको अवधिमा १३९ जनाले सेवा लिएका छन । मंगलबार नगरपालिकाले आयोजना गरेको लैङ्गिकतामा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना (दोस्रो चरण) अन्तरगतको सरोकारवालाहरु संगको पैरवी तथा समन्वय वैठकमा उक्त जानकारी गराईएको हो ।

नगरपालिकाले विभिन्न संघसंस्थाहरु संगको सहकार्यमा चालु आर्थिक वर्षको भाद्र ७ गतेबाट सञ्चालन गरेको सुरक्षित आवास गृह (सेफ हाउस) मार्फत लैङ्गिक हिंसा पिडित महिलाहरु १ सय २९ जना र उनिहरु संगै आएका १० जना बालवालिकाहरुले सेवा लिएका हुन । नगर मार्फत सेफ हाउस सञ्चालन भए देखि पौष १५ सम्म १ सय ७ जना हिंसापिडित महिला र १० जना बालबालिका तथा त्यसपछीको २ महिनामा २२ जना महिलाले सेवा लिएको सेफ हाउसका काउन्सिलर ललिता रावलले जानकारी गराउनुभयो ।

तथ्यंक अनुसार सवैभन्दा बढी ४५ जना सेवाग्राही मंगलसेन नगरपालिकाका रहेका छन । यस्तै पञ्चदेवल बिनायक नगरपालिकाबाट ८ जना, बान्नीगढी जयगढ गाउँपालिकाबाट ५ जना, अन्य जिल्लाका ५ जना, रामारोशन गाउँपालिकाबाट ४ जना, साँफेबगर नगरपालिकाका ३ जना, तुर्माखाँद गाउँपालिकाका ३ जना, ढकारी गाउँपालिकाका ३ जना र चौरपाटी गाउँपालिकाका १ जनाले सेवा पाएका छन ।

Saud Agro Kailash

लैंगिक हिंसा पिडित महिलाहरुलाई सेफ हाउसमा मनोपरामर्श सहित आवश्यक स्वास्थ्य र कानूनी सेवाका लागि सहजिकरण हुने गरेको छ । सेफ हाउसमा आएका पिडित महिलाहरुमा १५ जनाले मानसिक हिंसा भोगेको, १२ जना शारिरिक हिंसा, १४ जना बहु बिवाह, ४ जना बाल बिवाह, १० जना जबरजस्ती करणी र ४७ जना घरेलु हिंसाबाट पिडित भएका छन । अन्य सेवाग्राहीहरुमा श्रोत सानधनबाट वञ्चित भएका ४ जना र १० जना बालबालिका रहेका छन ।

सेफ हाउसका अनुसार हालसम्म २३ वटा उजुरी दर्ता गरिएको छ । पिडित महिलाहरुलाई सिपमुलक तालिम र १ जनालाई रोजगारीमा आवद्ध गराईएको छ भने १ जनालाई अध्ययनका लागि सहयोग गरिएको छ । यस्तै मंगलसेन नगरपालिकाको लैंगिक हिंसा निवारण कोष मार्फत २ जनालाई जीविकोपार्जन सहयोग, सामाजिक विकास कार्यालयबाट २ जनालाई २०/२० हजारका दरले जीविकोपार्जन सहयोग गरिएको छ भने १ जनालाई स्वास्थ्य उपचारको लागि नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।

मंगलसेन नगरपालिका प्रमुख खपदम बहादुर बोहराको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवरको प्रमुख आतिथ्यतामा भएको पैरवी कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दानमती बम शाही, मंगलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावल, अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल र जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्ने र सुझाव दिने व्यक्तिहरुले सेफ हाउस मार्फत हिंसा पिडित महिलाहरुको उद्दार र न्यायका लागि अनुकरणीय कार्य गरेको भन्दै यसको प्रभावकारीताका लागि थप पहल गर्नुपर्ने बताएका छन । पिडितलाई पुनःस्थापना, सेफ हाउसको लागि सुरक्षित भौतिक संरचना निर्माण लगायतका विषयमा ध्याँन दिदै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय र सवै स्थानीय तहको सहभागीतामा छलफल गरि सेवाप्रवाहलाई थप प्रभावकारी बनाईनुपर्नेमा सहभागीको जोड थियो । पिडित महिलाहरुका लागि एकद्वार प्रणाली मार्फत सेवा प्रदान गरिए मात्रै हिंसा न्यूनिकरणमा सहज हुने सहभागीको सुझाव छ । यस विषयमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा समन्वय समिति सहित सवै स्थानीय तहको सहभागितामा वैठक आयोजना गर्ने विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा मंगलसेन नगरपालिका ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, ५ का अध्यक्ष झंकर प्रसाद भाट सहित जिल्ला अस्पताल, ओसिएमसि, युएनएफपिए, सिएमसि नेपाल, साथी संस्था, पत्रकार लगायत सरोकारवाला निकायका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन मंगलसेन नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.