मङ्गलसेन र कमलबजार नगरपालिकामा नयाँ हाकिमहरुलाई स्वागत

Purnima Mobile
Samajik Bal biwaha

अछामको मङ्गलसेन नगरपालिका र कमलबजार नगरपालिका्मा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई पालिकामा स्वागत गरिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलसेन नगरपालिकामा गेहेन्द्र बहादुर डागी र कमलबजार नगरपालिकामा लोक बहादुर शाहीलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएपश्चात सोमबार कार्यालयमा स्वागत गरिएको हो ।

Mangala Bharna

Mellekh RM1
Saud Agro Kailash

मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा सहित प्रवक्ता तथा वडा नम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, वडा नम्वर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी लगायत कर्मचारीहरुले नयाँ आउनुभएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव गेहेन्द्र बहादुर डागीलाई स्वागत गरेका थिए ।

यस्तै कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आउनुभएका लोक बहादुर शाहीलाई पनि कमलबजार नगरपालिका कार्यालयमा औपचारीक कार्यक्रमका विच स्वागत गरिएको छ । नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख शारदा कुवर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्य लगायत कार्यलयमा कार्यरत कर्मचारीहरुले टीका र खादा लगायर स्वागत गरेका छन । कार्यलयमा हाजिर भएको एक हप्ता भए पनि नगर प्रमुख लगायत जनप्रतिनिधि बाहिर भएकाले सोमबार मात्र स्वागत गरिएको जनाईएको छ ।

मङ्गलसेन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका गेहेन्द्र बहादुर डागी यसअघि तुलसीपुर उपमहानगरपालिका दाङमा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । यस्तै कमलबजार नगरपालिकाको कमाण्ड सम्हाल्न आएका लोकबहादुर शाहीले यसअघि अछामको मङ्गलसेन नगरपालिका र तुर्माखाँद गाउँपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालि सक्नुभएको थियो ।

 

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.