बस्तीमा निःशुल्क स्वास्थ्य शिविरः २५० जनाको स्वास्थ्य जाँच, १३८ जनाको आँखा परिक्षण

Kirci Gyan Kendra
Saud Agro Kailash
होम साउद, अछाम ६ चैत्रः
मंगलसेन नगरपालिका वडानम्वर १३ बस्तीमा १ दिने एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलसेन नगरपालिका र स्वास्थ्य कार्यालय अछामको आयोजनामा विशेषज्ञ सेवा सहितको एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
बस्ती स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा १५० जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ भने ५८ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्कृनिङ गरिएको छ । जसमध्ये २ जना संकास्पद देखिएको जनाइएको छ ।
यस्तै शिविरमा १३८ जनाको आँखाको परिक्षण गरिएको छ । जसमध्ये २२ जनामा मोतिबिन्दु पत्ता लगाइ प्रेषण गरिएको छ भने ७० जनालाइ चस्मा वितरण गरिएको थियो । शिविरमा ८ जना गर्भवती महिलाहरुले भिडियो एक्स रे सुविधा लिएका छन ।

 

वडा नम्वर १३ का अध्यक्ष हिक्मत बहादुर बोगटीको अध्यक्षतामा भएको शिविर उदघाटन कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा कार्यवाहक नगरप्रमुख बिर्ख बहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा जिल्ला अस्पताल अछामका फिजिसियन डाक्टर जुनु लावती, मेडिकल अधिकृत अधिराज आचार्य, बरिष्ठ अस्पताल नर्सिङ निरिक्षक गंगा बुढामगर, मङ्गलसेन नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगाना, स्वास्थ्य कार्यालय अछामका सिनियर अनमी निरिक्षक टिका शर्मा लगायत जिल्ला अस्पताल र नगरपालिकाका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।

उदघाटन कार्यक्रमको सञ्चालन नगरपालिकाका सिनियर अहेव चन्द्र प्रसाद ढुंगानाले गर्नुभएको थियो ।
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.