

वडा नम्वर १३ का अध्यक्ष हिक्मत बहादुर बोगटीको अध्यक्षतामा भएको शिविर उदघाटन कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा कार्यवाहक नगरप्रमुख बिर्ख बहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला अस्पताल अछामका फिजिसियन डाक्टर जुनु लावती, मेडिकल अधिकृत अधिराज आचार्य, बरिष्ठ अस्पताल नर्सिङ निरिक्षक गंगा बुढामगर, मङ्गलसेन नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगाना, स्वास्थ्य कार्यालय अछामका सिनियर अनमी निरिक्षक टिका शर्मा लगायत जिल्ला अस्पताल र नगरपालिकाका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।


