
नेकपा एमाले निकट महिला संगठनअखिल नेपाल महिला संघ अछामको नवौं जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । आईतवार सम्पन्न जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हाे ।


अधिवेशनले भावना केसिकाे अध्यक्षतामा १६ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे छ । कमिटीकाे उपाध्यक्षमा मोतिसरा भण्डारी (तिमिल्सैना),उपाध्यक्ष देवसरा खड्का, सचिब पुन्ना कुँवर, कोषाध्यक्ष निता कु शाही, सह -सचिब इन्दु पाण्डे (ढुंगाना) लगायत अरु सदस्य रहेका छन ।
यसअघि सम्पन्न उदघाट समाराेहमा नेकपा एमालेका विभिन्न तहका नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

