अछाममा ५० सैयाको अस्पताल निर्माणका लागि सरोकारवालासँग अन्तरक्रिया

Kirci Gyan Kendra

टेक बहादुर थापा: अछाम जिल्लाका सरोकारवालाले जिल्ला अस्पताल अछामकोे भवन जतिसक्दो चाडो निर्माण हुनुपर्ने माग गरेका छन । अस्पतालको ५० सैयाको भवन निर्माण कार्यका लागि आयोजना गरिएको प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि सरोकारवालाले यस्तो माग गरेका हुन ।

Samajik New Add 2082

अस्पतालको भवन निर्माणका लागि जिल्लाका जनप्रतिनिधि तथा अन्य सरोकारवालाले पटक–पटक सरकारको ध्यानार्कषण गराएपनी सुनुवाइ नभएको भन्दै जतिसक्दो चाडो (आइइ) प्रतिवेदन सरकारलाई बुझाएर अस्पतालको नयाँ भवनको निर्माण कार्य अघि बढाउनुपर्नेमा सारोकारवालाले जोड दिएका छन ।

उक्त कार्यक्रममा सहभागि सरोकारवालाले हामी अछामी हरुको एउटै माग जिल्ला अस्पताल अछामको सुविधा सम्पन्न भवन निर्माण हुनुपर्यो भन्ने छ, यो कुरामा कुनैपनी किसीमका विवाद नरहेकाले (आइइ) को काम जतिसक्दो चाडो सकेर सरकारलाई बुझाउन आग्रह गरेका छन । भवन निर्माणका लागि जिल्लाका कुन निकाय बाट के गर्नुपर्ने हो त्यसका लागि हामी तयार छौ भन्दै सरोकारवालाले राजनितिक दलका नेताहरुले पनी सरकारलाई खबदारी गर्नुपर्नेमा जोड दिएका थिए ।

सुदुरपश्चिमका अरु सबै जिल्लाका जिल्ला अस्पतालका भवनहरुको निर्माण कार्य सम्पन्न भईसक्दा पनि अछाम जिल्ला अस्पतालको भवन निर्माण कार्य सुरुवात हुन नसक्नु दुखद भएको भन्दै यो वर्ष बाट निर्माण कार्य सुरु हुनुपर्ने माग गरेका थिए ।

जिल्ला अस्पताल अछाम प्रस्तावक र भागेश्वर विल्डर्स एण्ड कन्सल्टेन्ट प्रा.लि. धनगढी कैलाली परामर्शदाता रहेको उक्त कार्यक्रममा बोल्दै नेपाली काग्रेसका महासमिति सदस्य पदमराज अधिकारीले अस्पताल क्षेत्र निकै सुरक्षित र व्यवस्थित भएकाले अस्पतालको भवन निर्माण कार्य अघि बढाउन माग गर्नुभयो ।

Saud Agro Kailash

भवन निर्माणका लागि जुनसुकै हिसाबले पनि उपयुक्त देखिएकाले भवन निर्माण गर्नुको वीकल्प नभएको नेता अधिकारीको भनाई छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला कमीटी सदस्य सिद्ध प्रसाद ढुंगानाले (आइइ) प्रतिवेदन तयार पार्ने जिम्मेवारी लिएको भागेश्वर विल्डर्स एण्ड कन्सल्टेन्ट प्रा.लि. ले जती सक्दो चाडो सरकारलाई प्रतिवेदन बुझाउन आग्रह गर्नुभएको छ ।

यही प्रतिवेदन नहुदा काम अघि बढ्न नसकेकाले तत्काल यसको काम पुरा गर्न सुझाव दिनुभएको छ । अस्पतालको भवन निर्माणका लागि कुनैपनी किसिमको बाधा अवरोध नभएकाले सबै अछामीको चाहाना भवन बन्नुपर्ने रहेको नेता ढुंगानाले बताउनु भयो ।

कार्यक्रममा सहभागि सरोकारवालाले दिएको सुझाव संकलन गर्दै भागेश्वर विल्डर्स एण्ड कन्सल्टेन्ट प्रा.लि. धनगढीका ईन्जिनियर रमन बडैलाले अस्पतालको भवन निर्माणका लागि अछामका नागरिकहरुमा निकै राम्रो एकता देखिएको भन्दै आफु पनी (आइइ) प्रतिवेदन जतिसक्दो चाडो तयार पारि मन्त्रालयमा बुझाउने प्रतिबद्धता जनाउनु भएको छ । सार्वजनिक सुनुवाइमा सहभागिहरुले दिएको सुझाव पनि प्रतिवेदनमा उल्लेख गर्ने बताउदै बडैलाले यस विषयमा सरोकारवाका विचमा देखिएको एकमतले आफुलाई थप कामगर्ने हौसला मिलेको बताउनुभयो ।

जिल्ला अस्पताल अछामका कार्यालय प्रमुख डाक्टर कम्लेश कुमार यादवले अस्पताल निर्माणको विषयमा अछामीहरुको एकता देखेर आफु प्रभावित भएको भएको छ । अस्पताल निर्माण भएपछी कुनै एक व्यक्ति र समुदाय मात्रै लाभान्वित नहुने भन्दै सबै क्षेत्र बाट सकारात्क पहल गर्नुपर्ने बताउनुभयो । भवन अभावले गुणस्तरिय स्वास्थ्य सेवा दिन कठिनाई सृजना भईरहेको भन्दै डाक्टर यादवले अब भवन निर्माण भएपछी धेरै कुरामा सहज हुने बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले अस्पतालको भवन निर्माणका लागि पहिले नै (डिपिआर) तयार भईसकेकाले (आइइ) को प्रतिवेदन तयार पारि काम अघि बढाउन माग गर्नुभएको छ । आर्थिक अभावले भवन निर्माणको प्रक्रिया अघि नबढेकाले अब सानातिना कुरामा अल्झन नहुने कार्यालय प्रमुख ढुंगानाको भनाई छ । सोही अवसरमा सरोकारवालाले दिएको १० वटा सुझाव संकलन गर्दै हस्ताक्षर समेत गराईएको छ ।

जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर कम्लेश कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता लोक बहादुर बोगटी, मंगलसेन नगरपालिका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा बिनोद खनाल, बजार विकास समितिका अध्यक्ष गोपाल बहादुर बोगटी, पालेवन सामुदायिक वनका अध्यक्ष यज्ञ प्रसाद ढुंगाना, पत्रकार महासंघ अछामका बरिष्ठ उपाध्यक्ष टेक बहादुर थापा, पत्रकार मेनुका ढुंगाना लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन जिल्ला अस्पताल अछामका नायब सुब्बा झपट बहादुर थापाले गर्नुभएको भएको हो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.