सामाजिक विकास कार्यालय द्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम सञ्चालन

Kirci Gyan Kendra

अपाङ्गता भएका व्यक्तिहरुका लागि सीपमुलुक तालिम मंगलसेनमा सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजनामा तालिम सुरु भएको हो ।

Samajik New Add 2082

जिल्ला सहकारी संघको हलमा सञ्चालित तालिमको अध्यक्षता सामाजिक विकास कार्यालय मंगलसेन अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका सदस्य पूर्ण बहादुर रावल रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले तालिमबाट सिप सिकेर व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक विकास कार्यालयले प्रदान गर्ने अनुदानको सही सदुपयोग हुनुपर्ने बताउँउदै उहाँले कार्यक्रमको अनुगमन समेत गरिनुपर्ने बताउनुभयो । साथै उहाँले लैङ्गिक हिँसा, छुवाछुत, विभेदबाट मुक्त गरि महिला सशक्तिकरण गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

Saud Agro Kailash

यस्तै सामाजिक विकास कार्यालय अछामका प्रमुख तथा कार्यक्रमका अध्यक्ष डम्मर बहादुर रावलले कार्यालय मार्फत विपन्न र दुर दराजमा रहेका समुदायका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको भन्दै यसै वर्ष पनि विभिन्न ठाउँमा वस्ति स्तरिय र महिला सशक्तिकरणका कार्यक्रमहरु गरिएको बताउनुभयो । लक्षित समुदायलाई सशक्त बनाउँदै उनिहरुको आर्थिक स्तर माथि उठाउँनका लागि यस्ता कार्यक्रमहरु संचालन गरिएको र आय आर्जनका लागि बिउँपुजी स्वरुप प्रति व्यक्ति २० हजार अनुदान उपलव्ध गराईने समेत जानकारी गराउँनुभयो ।

कार्यक्रममा मंगलसेन नगरपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तथा प्रशिक्षक मन्जु महत, शिक्षा विकास समन्वय ईकाईका प्रास सुरेन्द्र वजगाई, जिल्ला अपाङ्ग उथ्थान समूहका अध्यक्ष जंग विक लगायतका अतिथिहरु रहनुभएको थियो ।

विभिन्न स्थानीय तहबाट गरि २५ जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको तालिम उदघाटन कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालयका प्रास राजुकुमार साहले गर्नुभएको थियो । तालिम एक हप्तासम्म सञ्चालन हुने छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.