रमित साउदको नेतृत्वमा वाईसिएल अछामको नयाँ नेतृत्वः तेस्रो जिल्ला अधिवेशन सम्पन्न

Kirci Gyan Kendra

नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल अछामको तेस्रो जिल्ला अधिवेशन रमित साउदको नेतृत्वमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार सम्पन्न संगठनको जिल्ला अधिवेशनको बन्दसत्रले सर्वसम्मत रुपमा ४१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो ।

Samajik New Add 2082

कमिटीको उपाध्यक्षमा ईन्द्र नेपाली, लोग साउद, टेक साउद, सचिवमा मान बहादुर ढकाल, सह सचिव लाल बहादुर रावल, धन बहादुर थापा, बिर बहादुर बिक र कोषाध्यक्षमा गौरी साउद लगायत अन्य सदस्य रहेका छन ।

Saud Agro Kailash

यसअघि रमित साउदकै अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा पार्टीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज शरद सिंह भण्डारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नेता भण्डारीले हाल देशमा भईरहेको चरम भ्रष्ट्राचार, अनियमितता र जनबिरोधि कार्यको वाईसिएल नेपालले भण्डाफोर गर्नुपर्ने बताउनुभयो । प्रतिक्रियाबादिहरु सल्बलाईरहेका बेलावाईसिएल नेपाल सडकको बाघका रुपमा अघि बढेमा मात्रै उपलव्धिहरुको रक्षा हुने बताउनुभयो ।

कार्यक्रममा वाईसिएल नेपालका केन्द्रिय उपाध्यक्ष मिङमा डेण्डु शेर्पा, पार्टीका केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नम्वर १ का ईञ्चार्ज दिपक साउद (तरङ्ग), प्रदेश कमिटी उपाध्यक्ष तथा प्रदेशसभा सदस्य अक्कल रावल बिशिष्ट अतिथि रहनुभएको थियो । पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय उपाध्यक्ष मदन भुल, पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य लोक बहादुर बोहरा, पहल साउद, लोक बहादुर बोगटी, रण बहादुर बिष्ट, सुवास बुढा लगायत जिल्ला तथा पालिका तहका पदाधिकारी नेताहरुको सहभागिता रहेको कार्यक्रममा तरुण दलका जिल्ला अध्यक्ष रमेश बिष्ट र समाजबादी युवा संघका जिल्ला अध्यक्ष टेकेनद्र जैगडी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसअघि संगठनले जिल्ला प्रतिनिधिहरु र नेताहरुको सहभागितामा र्याली कार्यक्रम सहित बजार परिकर्मा समेत गराएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.