एमाले अछामको ९ औं जिल्ला अधिवेशनको उद्घाटन: प्रदेश ईञ्चार्ज भट्ट भन्छन “देशलाई सहि दिशामा अघि बढाउने याेजना एमालेसंग मात्रै छ”

Kirci Gyan Kendra

नेकपा एमाले अछामको ९ औ जिल्ला अधिवेशनको उदघाटन सत्र शनिबार मंगलसेनमा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय कमीटी सचिव तथा प्रदेश ईन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।

Samajik New Add 2082

कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टले मुलुकलाई सही दिशामा अघि बढाउन सक्ने योजना नेकपा एमाले संग मात्रै रहेको दाबी गर्नुभएको छ । नेकपा एमाले संग सही विचार र दृष्टिकोण भएकाले चौतर्फि घेराबन्दीमा परेको बताउनुभयो ।

Saud Agro Kailash

जो व्यक्ति संग सही विचार र एजेण्डा हुन्छ त्यो व्यक्ति जहापनी एक्लो हुने गरेको भन्दै नेता भट्टले केपी ओली नेता मात्र नभई वीचार पनी भएको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीको सबैभन्दा बढी आलोचना हुनुको पछाडी धेरै देशी विदेशी तत्वको हात रहेको नेता भट्टको भनाई छ । अछाम जिल्ला अहिले विशेष परिस्थितिमा रहेकाले सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डाक्टर जिय सुब्बा, एमाले केन्द्रिय सदस्य एवं अछाम ईन्चार्ज झपट बोहरा, पुर्व सांसद तथा क्षेत्र न २ का ईन्चार्ज यज्ञ बहादुर बोगटी, क्षेत्र न १ का ईन्चार्ज कमल तिमिलसिना, प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी, पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य भिम बहादुर कडायत, प्रदेश कमीटी सचिव रण बहादुर चन्द, नेपाली काग्रेसका जिल्ला सहसचिव दिनेश स्वाँर, राष्ट्रिय स्वातन्त्र पार्टीका दिपक साउद,संविधानसभा सदस्य भैरे कामी, भरत साउद लगायतले मन्तव्य राख्नुभएको थियो । एमाले पार्टी कार्यालय बाट र्याली सहित बजार परिक्रमा भएपछी खुला मंचमा सभा भएको थियो ।

पार्टीका जिल्ला कमीटी उपाध्यक्ष बल बहादुर कुवँरको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन जिल्ला कमीटी सचिव भिम बहादुर रावलले गर्नुभएको थियो । आईतबार बिहान बाट बन्दसत्र सुरु हुने पार्टीले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.