

नेकपा एमाले साँफेबगर नगर कमिटीको दोस्रो अधिबेशनबाट सर्बसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनको बन्दसत्रले हिरण्ड बहादुर कुवरको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

जसमा उपाध्यक्ष कुल बहादुर बिस्ट, सचीव भिम बहादुर बडाहित, उपसचिव हर्क बोहरा, उपसचिब जानकी लुहार लगाएतका सदस्य निर्वाचित भएका नवनिर्वाचित सचिव भिम बहादुर बडाहितले जानकारी दिनु भयो ।
