पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड आज अछाम आउने

Kirci Gyan Kendra

नेपाल कम्युनिष्ट पार्टी (माओवादि केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड शनिबार आज अछाम आईपुग्नुहुने भएको छ । पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानको क्रममा प्रचण्ड सहित शिर्ष नेताहरु ऋछाम आईपुग्ने कार्यक्रम रहेको माओवादी केन्द्र अछामले जनाएको छ ।

Samajik New Add 2082

बिहान चौरपाटी गाउँपालिकाको चौखुट्टे बजारको प्रवेस द्वारमा माओवादी केन्द्र अछाम द्वारा स्वागत गरिने अछाम इन्चार्ज शरद शिंह भणडारिले बताउनु भयो । आजै  दिउसो अछामको साँफेबगरमा बृहत जनसभालाई अध्यक्ष प्रचणड सहित नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । साथै बेलुका मंगलसेनमा जनसंवाद गरिने छ भने राती पञ्चदेवल बिनायक नगरपालिकाको बिनायकमा बास बस्ने कार्यक्रम तय गरिएको छ ।

Saud Agro Kailash

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एंवम पूर्व सभामुख अग्नि साप्कोटा,उपाध्यक्ष एंवम पुर्व मन्त्री पम्फा भुषाल, उपाध्यक्ष एंवम पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन पासाङ, महासचिव (पुर्व मन्त्री) देव गुरुङ, उपमहासचिव (पुर्व मन्त्री) एंवम सुदुरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेल लगायतका केन्द्र, प्रदेश र जिल्ला स्तरका शिर्ष नेताहरुको उपस्थित हुने बताइएको छ ।

४ गते बिहान अछाम र दैलेखको सिमाना बेलखेत कर्णाली पुलमा कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिसकेपछी अभियानको सुदूरपश्चिम प्रदेको कार्यक्रम सकिने जनाईएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.