शिव महापुराण ज्ञान महायज्ञ मुल आयोजक समितिको वैठक सम्पन्नः कलश वितरण सुरु, १० गते सर्वपक्षीय भेला आयोजना गरिने


मंगलसेन नगरपालिका ३ कुटीमा यहि बैशाख १९ देखि २९ गतेसम्म सञ्चालन भएको शिव महापुराण ज्ञान महायज्ञ मुल आयोजक समितिको वैठक सम्पन्न भएको छ । मुल आयोजक समिति संयोजक तथा नर्मदेश्वर शिवालय संरक्षण समितिका अध्यक्ष तेज बहादुर बिष्टको अध्यक्षतामा वैठक भएको हो ।


वैठकले महायज्ञ सफल पार्न सहयोग गर्ने दान दाता, श्रदालु भक्तजनहरु, प्रमुख कथाबाचक, उपवाचक, कलाकार लगायत अतिथि समस्त महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै आजैबाट कलश वितरण कार्य सुरु गर्ने निर्णय गरेको छ । जसमा महायज्ञ स्थल नर्मदेश्वर शिवलाय कुटीबाटै कलश उपलव्ध गराईनेछ । शान्ति कलश काटेका व्यक्तिहरुले हरेक दिन बिहान ८ देखि १० बजे सम्म अर्धकट्टी सहित उपस्थित भएर कलश लैजान सक्ने जनाईएको छ ।

यस्तै बैठकले महायज्ञको सम्पूर्ण वास्तविक आय तथा व्ययको विवरण जेठ १० गतेका दिन सर्वपक्षीय भेलाको आयोजना गरि सार्वजनिक गर्ने निर्णय गरेको छ । वैठकमा मुल आयोजक समितिका सचिव कर्ण बहादुर धामी, कोषाध्यक्ष मिन बहादुर बिष्ट सहित पदाधिकारी र सरोकारवालाको उपस्थिति रहेको थियो ।
