शिव महापुराण ज्ञान महायज्ञ मुल आयोजक समितिको वैठक सम्पन्नः कलश वितरण सुरु, १० गते सर्वपक्षीय भेला आयोजना गरिने

Kirci Gyan Kendra

मंगलसेन नगरपालिका ३ कुटीमा यहि बैशाख १९ देखि २९ गतेसम्म सञ्चालन भएको शिव महापुराण ज्ञान महायज्ञ मुल आयोजक समितिको वैठक सम्पन्न भएको छ । मुल आयोजक समिति संयोजक तथा नर्मदेश्वर शिवालय संरक्षण समितिका अध्यक्ष तेज बहादुर बिष्टको अध्यक्षतामा वैठक भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

वैठकले महायज्ञ सफल पार्न सहयोग गर्ने दान दाता, श्रदालु भक्तजनहरु, प्रमुख कथाबाचक, उपवाचक, कलाकार लगायत अतिथि समस्त महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै आजैबाट कलश वितरण कार्य सुरु गर्ने निर्णय गरेको छ । जसमा महायज्ञ स्थल नर्मदेश्वर शिवलाय कुटीबाटै कलश उपलव्ध गराईनेछ । शान्ति कलश काटेका व्यक्तिहरुले हरेक दिन बिहान ८ देखि १० बजे सम्म अर्धकट्टी सहित उपस्थित भएर कलश लैजान सक्ने जनाईएको छ ।

यस्तै बैठकले महायज्ञको सम्पूर्ण वास्तविक आय तथा व्ययको विवरण जेठ १० गतेका दिन सर्वपक्षीय भेलाको आयोजना गरि सार्वजनिक गर्ने निर्णय गरेको छ । वैठकमा मुल आयोजक समितिका सचिव कर्ण बहादुर धामी, कोषाध्यक्ष मिन बहादुर बिष्ट सहित पदाधिकारी र सरोकारवालाको उपस्थिति रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.