तुर्माखादमा कम्युनिस्ट नेता स्व. शक्ते ढाेलीकाे शालिक निर्माण
प्रदेशसभा सदस्य अक्कल रावलद्वारा शालिक अनावरण

तुर्माखाँद गाउँपालिकामा जेष्ठ कम्युनिष्ट नेता स्वर्गीय सक्ते ढाेलीकाे सालिक निर्माण गरिएको छ । कम्युनिस्ट आन्दाेलनका अगुवा स्वर्गीय ढाेलिकाे शालिक प्रदेश सरकारकाे ५ लाख लागतमा निर्माण सम्पन्न भएकाे हाे ।

बिहीबार सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री अक्कल बहादुर रावलले नवनिर्मित शालिककाे अनावरण गर्नुभएको छ । शालि अनावरण पश्चात् बाेल्दै रावलले स्वर्गीय सक्ते ढाेलीले समाज परिवर्तनका लागि गरेकाे याेगदानकाे चर्चा गर्नुभएको थियाे । साथै अछामको कम्युनिस्ट आन्दाेलन तथा माओवादी आन्दाेलन मार्फत समाज रुपान्तरणका लागि उल्लेख्य याेगदान पुर्याउनुभएको उल्लेख गर्नुभयाे ।

स्वर्गीय सक्ते ढाेलीकी धर्मपत्नी कला ढाेलीकाे अध्यक्षतामा भएको शालिक अनावरण कार्यक्रममा प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष अक्कल रावल प्रमुख अतिथि रहनुभएकाे थियाे भने वडानम्वर ४ का अध्यक्ष पदम बहादुर बिसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बुढा लगायतका अतिथि रहनुभएकाे थियाे ।
कार्यक्रममा स्थानीय सराेकारवाल, समाजसेवी, बुद्धिजीवी र पार्टीका नेता कार्यकर्ताहरु समेतले स्वर्गीय ढाेलीकाे शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली अर्पण गर्नुभएको त्यहाबाट हिक्मत बयकले जानकारी दिनुभयो ।


