सुदूरपश्चिममा छ ओटा इलाका प्रशासन थपिदै

अछामको साफेबगरमा पनि ईलाका प्रशासन थपिने

Kirci Gyan Kendra

धनगढीः गृह मन्त्रालयले सदरमुकामको सास्ती अन्त्य गर्न सुदूरपश्चिम प्रदेशमा छ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको छ। दरबन्दी नबढाइ विद्यमान स्रोत प्रयोग गर्ने योजना सहित देशभरी २३ वटा इलाका प्रशासन कार्यालय खोल्ने तयारी भएकोमा सुदूरपश्चिम प्रदेशमा छ वटा परेका हुन्।

Samajik New Add 2082

बाजुरामा इलाका प्रशासन कार्यालय कोल्टी, बझाङमा इलाका प्रशासन कार्यालय देउरा, अछाममा इलाका प्रशासन कार्यालय साँफेबगर, डोटीमा इलाका प्रशासन कार्यालय विपिनगर, दार्चुलामा इलाका प्रशासन कार्यालय गोकुलेश्वर र बैतडीमा इलाका प्रशासन कार्यालय मेलौली थप्ने योजना गृह मन्त्रालयको छ।

Saud Agro Kailash

ग्रामीण भेगमा रहेका नागरिकलाई प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पेस भएको हो। संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा गृह मन्त्रालयले उक्त प्रस्ताव मन्त्रीपरिषद्मा पेस गरेको हो। सोमवारको मन्त्रीपरिषद्ले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रीपरिषद्को प्रशासन समितिमा पठाएको छ।

दरबन्दी वृद्धि नगरी विद्यमान स्रोतको अधिकतम प्रयोग, स्थानगत आवश्यकता र स्थानी तहसँगको समन्वयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजना गृह मन्त्रालयको छ। नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, विपद् व्यवस्थापन, सार्वजनिक सुरक्षा लगायताका सेवा स्थानीय तहसम्म पु¥याउन इलाका प्रशासन कार्यालयको भूमिका अपरिहार्य मानिएको छ।

-dineshkhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.