
प्रगतिशील आधारभूत विद्यालय मङ्गलसैन १, लेष्टिगाडकाे १७ औं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मने थापाको अध्यक्षतामा भएको भेलामा पूर्व माननीय यज्ञ बाेगटी प्रमुख अतिथि रहनुभएकाे थियोे ।


भेलामा मङ्गलसेन नगरपालिका ३ का अध्यक्ष तथा नगर प्रवक्ता बिर्ख बहादुर बाेगटी र कार्यपालिका सदस्य हंश थापा राना बिशिस्ट अतिथि रहनुभएकाे थियोे । यस्तै पूर्व वडा अध्यक्ष गाेपाल थापा, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य राजेश बाबू बाेगटी, एमालेका वडा कमिटी अध्यक्ष प्रशान्त राना, कुन्ती माविका प्रधानाध्यापक मदन बहादुर बाेगटी, मालिका सामुदायिक सिकाई केन्द्रका अध्यक्ष हाेम साउद, पत्रकार एकेन्द्र थापा, सामुदायिक वनबाट बिर्ख राना, विव्यसबाट कम्मान थापा, युवा क्लवबाट शेेर बहादुर राना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा विद्यालय का प्रधानाध्यापक चन्द्रकला बिष्टले विद्यालयकाे समग्र प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे भने विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुति समेत राखेका थिए । शिक्षक शंकर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन शिक्षक गाेपाल जैगडीले गर्नुभएको थियोे ।

