चैते दशैंकाे दिन मंगलसेन नगरपालिकाभर स्थानीय बिदा

मंगलसेन, ११ चैत्र: चैते दशैंकाे दिन चैत्र १२ गते मंगलसेन नगरपालिकाले नगर क्षेत्रभर सार्वजनिक बिदा दिएकाे छ। नगरपालिकाले एक सूचना जारी गर्दै उक्त निर्णयबारे सम्बन्धित सेवाग्राही, सर्वसाधारण तथा सरोकारवालाहरूलाई जानकारी गराएको हो।

Samajik New Add 2082

नगरपालिकाद्वारा जारी सूचना अनुसार, मंगलसेन नगरपालिका क्षेत्रभित्रका कार्यालय तथा सार्वजनिक सेवा प्रवाहमा चैत्र १२ गते (चैते दशैंकाे दिन) बिदा दिईएकाे जनाइएको छ। बिदा सम्बन्धी निर्णय कार्यान्वयनका लागि आवश्यक जानकारी प्रवाह गर्न उक्त सूचना सार्वजनिक गरिएको नगरपालिकाले उल्लेख गरेको छ।

सूचनामा भनिएको छ कि, नगरपालिकाको निर्णयअनुसार उक्त दिन नगरपालिका मातहतका सेवा, प्रशासनिक कामकाज तथा अन्य सार्वजनिक गतिविधिहरू प्रभावित हुन सक्ने भएकाले सेवाग्राहीहरूलाई सोहीअनुसार आवश्यक तयारी गर्न आग्रह गरिएको छ।

चैते दशैंकाे दिन मंगलसेन नगरपालिकाकाे वडानम्वर १० जुपुमा दशैंमेला सहित कालिका देवीकाे भव्य पुजापाठ हुने गर्दछ भने नगरक्षेत्र भरि चैते दशैं भव्यताका साथ मनाईने गरिन्छ।

Leave A Reply

Your email address will not be published.