मंगलसेन नगरप्रमुख बोहरा र प्रजिअ मल्लबाट अछाममा जनगणनाको मुल गणना कार्य प्रारम्भ
जनगणनामा दिईने बिवरण आफ्नै लागी हुनः नगरप्रमुख बोहरा जनगणना देश विकासको माध्ययमः प्रजिअ मल्ल
होम साउद, अछाम, २५ कार्तिक ।

आजबाट १२ औं राष्ट्रिय जनगणना २०७८ को मुल गणना कार्य सुरु भएको छ । बिहिबारबाट राष्ट्रव्यापी रुपमा जनगणनाको मुल गणना कार्य औपचारिक रुपमा सुरु भएको हो ।
अछाममा पनि मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराको घरबाट बिवरण लियर गणना कार्य सुरु गरिएको छ। जिल्ला जनगणना कार्यालयका र स्थानीय जनगणना कार्यालय मंगलसेनको टोलि, सुपरिवेक्षक र गणक नगरप्रमुख बोहराको घरमै पुगेर जनगणना कार्यको औपचारीक सुरुवात गरिएको थियो । आफ्नो विवरण दिईसकेपछी नगरप्रमुख बोहराले आफुले पहिलो बिवरण व्यक्त गर्दा सोधियका प्रश्न सहज, सरल र प्रभावकारी रहेको महसुस भएको बताउनुभयो । जनगणनाले जनसंख्या संगै हरेक किसिमका तथ्यांकहरु छर्लंग आउने भन्दै भविष्यमा सेवासुविधा दिनका लागि पनि सरकारलाई निकै सहज हुने उल्लेख गर्नुभयो ।

जनगणनालाई दिने बिवरणहरु आफ्नै लागि भएको भन्दै गणकलाई आफ्नो सत्यतथ्य बिवरण सहज रुपमा उपलब्ध गराँउन सबैलाई आग्रह गर्नुभयो । यस्तै गणकले पनि संयमित भएर हरेक व्यक्ति तथा परिवारको यथार्त बिवरण संकलन गर्नुपर्ने बोहराको भनाई छ । नगरप्रमुख बोहरासंग स्थानीय जनगणना कार्यालय मंगलसेनका प्रमुख लक्ष्मण बहादुर शाहीले जनगणनाका लागि तोकिएका प्रश्न सोधेर बिवरण लिनुभएको थियो ।
जनगणना देश विकासको माध्ययमः प्रजिअ मल्ल
यस्तै, अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले पनि संस्थागत तर्फ आफ्नो पहिलो बिवरण दिएर जनगणना कार्यको सुभारम्भ गर्नुभएको छ । आफ्नो बिवरण दिईसकेपश्चात प्रतिक्रिया दिंदै प्रमुख जिल्ला अधिकारी मल्लले जनगणना देश विकासको माध्ययम भएको बताउनुभयो । नागरिकले सत्यतथ्य बिवरण दिनु आफ्नै लागि राम्रो भएको भन्दै मल्लले सहि तथ्यंकले राज्यको नीति निर्माणमा प्रभावकारी भूमिका राख्ने उल्लेख गर्नुभयो । राष्ट्रिय अन्तरास्ट्रिय लक्ष निर्धारणमा पनि सत्यतथ्य तथ्यांकले महत्त्वपूर्ण प्रभाव पार्ने बताउँदै मल्लले राष्ट्रिय जनगणना अभियानलाई सफल पार्न सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । प्रजिअ मल्लको बिवरण जनगणना कार्यालय अछामका कार्यालय प्रमुख प्रकाश बिष्टले लिनुभएको थियो ।

अछाममा जनगणना कार्यको विशिष्ट व्यक्तिबाट औपचारीक सुरुवात गर्ने कार्यक्रम अनुसार जिल्ला जनगणना कार्यालय अछामका प्रमुख प्रकाश बिष्ट, खरिदार देबेन्द्र साहु, स्थानीय जनगणना कार्यालयका प्रमुख लक्ष्मण शाही, दिल बहादुर केसी, सुपरिवेक्षक र गणकको टोलि नगरप्रमुख पदम बहादुर बोहराको घरमा र प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको निवासमा पुगेको थियो ।
अछाममा ३ सय २ जना गणक खटिए
यसअघि घरधुरी सूचिकरण कार्य सम्पन्न भईसकेको छ भने मुल गणनाका लागी प्रति परीवारलाई ५५ वटा प्रश्न सोधिने बताइएको छ । अछाममा जनगणनालाई सुब्यवस्थित पार्नका लागि १० वटै स्थानीय तहलाई मध्यनजर गरेर ५ स्थानमा स्थानीय जनगणना कार्यालय समेत सञ्चालनमा रहेका छन । मुल गणनाका लागी जिल्लाका १० वटै स्थानिय तहका लागी ३ सय २ जना गणक खटाईएको जिल्ला जनगणना अधिकारी प्रकाश बिस्टले बताउनुभयो ।
