सार्वजनिक सेवा र सेवा प्रवाह
-
-
-
-
-
-
-
-
- खकेन्द्र बहादुर सोडारी
-
-
-
-
-
-
-

हरेक काम सजिलो हुनु भन्दा पहिले कठिन हुन्छ । लोकतान्त्रिक पदतिमा नागरिकबाट निर्वाचित सरकारले देशको शासन ब्यावस्था सञ्चालन गर्छ । सरकारको नागरिकलाई सार्वजनिक सेवा उपलब्ध गराउन मुख्य जिम्मेवारी रहेको हुन्छ । सार्वजनिक सेवा सरकार र नागरिकलाई जोड्ने मूख्य माध्यम (Bridge) हो । यस्ता सेवा सरकारले आफ्नो प्रशासनिक माध्यमबाट उपलब्ध गराउछ ।
मंगलसेन नगरपालिकाले संविधानको अनुसूची ८ मा उल्लेखित विभिन्न २२ वटा अधिकार क्षेत्रहरुको परिधिमा रहि सार्वजनिक सेवा प्रवाह गरिरहेको छ । जस अन्तर्गत समग्रमा अत्यावश्यक सेवाहरु प्रकोप व्यावस्थापन, दमकल, प्रवर्दनकारी सेवाहरु, शिक्षा, स्वास्थ्य, क्षमता विकास, रोजगार, पूर्वाधार सम्बन्धि सेवाहरु, सडक, खानेपानी, विधुत, यातायत, बजार व्यावसायिक सेवाहरु, सरकारी, समृह, व्यापार व्वावसाय, कल्याणकारी सेवाहरु, पिछडिएका क्षेत्र, वर्ग, समुहहरुलाई आर्थिक सहायता भत्ता प्रसुति भत्ता आदि उल्लेखित सेवाको माध्यामबाट मंगलसेन नगरपालिकाले नागरिकसंग सम्बन्ध स्थापित, विश्वास अभिबृद्धी, नागरिको स्वामीत्व बोध, एकता, नागरिक सहभागिता, शासनको बैधानिकता प्रमाणित गर्न प्रयत्नशिल छ ।
हाल नगरपालिकामा कानुन द्वारा निर्दिष्ट सेवालाई छिटो, छरितो, मितव्यायी एवं प्रभावकारी रुपले उपलब्ध गराउन नगर केन्द्र म.न.पा. ५ बाट र १४ वटा वडा कार्यलय १६ वटा स्वास्थ्य संस्था र ४९ वटा विद्यालय गरी सेवा प्रदायक संस्थाहरु छन् । हाल पालिका केन्द्रमा ५४ जना र वडा कार्यालयमा ४९ जना, स्वास्थ्य संस्थामा ३८ जना र विद्यालयमा ४१७ जना जनशक्ति व्यवस्थापन गरिएको छ । साथै आफ्नै प्रशासनिक भवन, ८ वटा वडा कार्यालय भवन र अन्य ५ वडामा भाडामा र एउटा वडाको अन्य सार्वजनिक भवनमा वडा कार्यालयको केन्द्र संचालन भईरहेके छ ।
सेवा प्रवाहका बारे अन्य नागरिकको गुनासो सुन्न वडापत्र, प्रशासनिक भवनमा साममुदायिक सुचना केन्द्र, सुचना अधिकारी, गुनासो सुनुवाई संयन्त्रको समेत व्यावस्था गरिएको छ । साथै कार्यालयबाट सम्पादित कामकार्वाहीलाई पारदर्शी बनाउन फेसबुक पेज,फेसबुक ग्रुप,Website मा नियमित सुचना अपडेट हुने व्यावस्था मिलाइएको छ र सार्वजनिक सुनुवाईलाई निरन्तरता दिईएको छ । साथै सेवा प्रवाहलाई e-govennance संग जोड Smart Palika APPS निर्माणका साथै Sutra Software राजश्व प्रणाली, योजना प्रणाली सम्टवेयर मार्फत संचालित छन भने सामाजिक सुरक्षा प्रणालीलाई ब्यावस्थित गर्न अनलाईन व्यक्तिगत घटना दर्ता वडा स्तरमा विस्तार भईरहेको छ । साथै सामाजिक सुरक्षा भत्तालाई व्यावथित बनाउन पुर्ण रुपमा बैकिङ् प्रणालीमा आबद्ध गरिएको छ । साथै सामाजिक सुरक्षा सम्बन्धि सेवा र स्वास्थ्य सम्बन्धि सेवालाई नागरिक स्तरमा पुगाउन घुम्ति सेवा पनि प्रवाह गरिदै आएको छ ।
मंगलसेन नगरपालिका सेवा प्रवाहलाई छिटो, छरितो, मितव्यायी र प्रभावकारी बनाउन निरन्तर लागि रहने छ । सुझाव भएमा प्रत्यक्ष कार्यलयमा, शाखामा, सुचना अधिकारी, कार्यालय प्रमुखलाई भेटेर, फोन गरेर, एमएमएस र Email Internet को माध्यामबाट पनि सूचना गर्न हुन अनुरोध गर्दछु ।
(लेखक खकेन्द्र बहादुर सोडारी मंगलसेन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ)