आज सुदूरपश्चिममा प्रसिद्ध ‘देहीजाँत’

धनगढीः सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला(देहीजाँत) आज लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार बिहीबार रतेडी भएको थियो भने आज दिउसेडी हुनेछ। कोरोना भाइरस संक्रमण जोखिमले गत वर्ष नित्यपूजामा सिमित देहीजाँत यस वर्ष भने पूर्णरुपमा हुने समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए।

Samajik New Add 2082

उग्रतारामा कार्तिक शुक्ल पूर्णिमाको रातमा रतेडी र दोस्रो दिन दिउसेडी लाग्ने गर्दछ। रतेडीपछि बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाईन दमाह, रुईसिंग, बिकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चार वटा गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पुजन सुरु हुन्छ।

बिहानको पूजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौं एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ। बिहान चार वटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पाँच बजेपछि पुनः चार वटै गाउँको भ्राणमा लगेपछि मेला सम्पन्न हुन्छ।

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा उग्रतारा भगवतीको मन्दिर अवस्थित छ। उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तजन सँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात छ। मेलामा हराउँदै गएका अन्नवाली फाँपर, भिमुर, तिमुर, तिल लगातय अदुवा, बेसार, चुक, मह, ध्यू, सुन्तला, मौसमी, केरा लगायत स्थानीय स्तरमा उत्पादित विभिन्न चिज वस्तु संगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग तरकारी प्याजको बेर्नाको राम्रो व्यापार हुन्छ।

किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको स्थानीयको भनाइ छ। उग्रतारा भगवतीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका हो। चैते अष्टमी, विजया दशमीको अष्टमीको दिन, विजया दशमीको दिन र कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ।

-dineshkhabar

Leave A Reply

Your email address will not be published.