अछामको प्रसिद्द डौंठेगडा दशैंमेला आज लाग्दै

अछाम : अछाम जिल्लाको प्रसिद्ध ऐतिहासिक डौंठेगडा दसैं मेला आज हुने भएको छ । डौंठेगडाको दसैं मेला कार्तिक शुक्लपूर्णिमाको दिन सधैँका वर्ष झैं यो वर्ष पनि मनाईन लागेको हो ।

Samajik New Add 2082

बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासीक दशैंमेलालामा राँगाबोकाको बलि चढाईनुका साथै बरदादेवीको विशेष पुजापाठ गर्ने गरिन्छ । मेलामा देउडा, न्याउले लगायत साँकृतिक कार्यक्रमहरु पनि गर्ने गरिन्छ ।

डौंठेगडा दसैंमेला वि.स. १८४९ साल देखि निरन्तर रूपमा मनाईदैं आईएको छ।डौंठेगडामा सयौं राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ।

आफ्नो मनोकांक्षा पुराहोस् भनेर बर्दादेबी मातालाई राँगा बोकाको भाकल गरिन्छ। मनोकांक्षा पुरा भयो भने यहाँ राँगा बोकाको बली चढाउने परम्परा परापूर्वकाल देखि नै चलिआएको छ।

तत्कालिन समयमा नेपालमा बाईस्से चौबीसै राज्य भएको बेला खप्तडी खड्का श्री सीकिन्दर खड्काको पालादेखि नै डौठेगडामा मेला सुरुवात भएको ईतिहास रहेको पाईन्छ ।

आफ्नो मनोकांक्षा पुरा भए दौडाउँदै राँगाको बली दिने भाकल गरिन्छ । मनोकांश पुरा भए राँगालाई दौडाएर बली चढाउने परम्परा छ। डौठेगडा दशैंमेलामा अछाम सहित बाजुरा, डोटी, कैलाली लगायत छिमेकी जिल्लाबाट पनि भक्तजनहरु आउने गर्दछन ।

 

Leave A Reply

Your email address will not be published.