बझाङमा करेन्ट लागेर एकको मृत्यु

बझाङ, ५ मंसिरः
बुङगल नगरपालिका-५ बस्ने गणेश कुवरको छोरा १२ वर्षीय बिरे कुवरको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित छोटेबगरमा खेल्ने क्रममा विद्युतको पोलमा चढन खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
