मंगलसेन न. पा. १ मा नेकपा माओवादी केन्द्रको वडा कमिटी पुनर्गठन

नेकपा माओवादी केन्द्रको मंगलसेन नगपालिका -१ मा वडा कमिटी गठन गरिएको छ । ढुंगानीको चाउडेमा वडा कमिटी संयोजक कमल बहादुर थापाको अध्यक्षतामा भएको भेलाले पुनः कमल बहादुर थापाकै अध्यक्षतामा वडा कमिटी गठन गरेको हो ।

Samajik New Add 2082

कमिटी उपाध्यक्षमा भरत साउद, सचिवमा नरेन्द्र जयगडीलाई, सह सचिवमा जगत साउद, सदस्यहरुमा जगत साउद जनक, छत्र जयगडी,  कहरसिंह थापा, गगन थापा, लक्ष्मी साउद लगायत अन्य सदस्यहरु गरि १३ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।

कमिटी गठन कार्यक्रममा प्रेस सेन्टरका प्रदेश सदस्य होम साउदको विशेष उपस्थिति रहेको थियो भने नवगठित कमिटीले तत्काल पार्टीको वडा स्तरीय प्रशिक्षणण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.