समाजवादी प्रेस संगठन अछामको अध्यक्षमा भट्ट

अछाम : समाजवादी प्रेस संगठन अछामको जिल्ला कमिटी गठन भएको छ । समाजवादी प्रेस संगठन केन्द्रिय उपाध्यक्ष एवंम् सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष राजेन्द्र कुँवरको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तपेन्द्र कुँवरको सहभागितामा जिल्ला कमिटी गठन गरिएको छ ।

Samajik New Add 2082

डण्डिराज भट्टको अध्यक्षतामा १३ सदस्सीय जिल्ला कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा तुलबहादुर कुँवर र एकेन्द्र महता, सचिवमा रेडियो जनप्रिय एफएमका समाचार प्रमुख कल्पना वोहरा, कोषाध्यक्ष समिक्षा जोशी, सहसचिव दिनेश वाव्ली चयन भएको समाजवादी प्रेस संगठनका जिल्ला कमिटी अध्यक्ष डण्डिराज भट्टले जानकारी दिए।

यस्तै सदस्यमा हिमाल कुँवर, सतिश कुँवर, निशा साउद, करिष्मा दास, मनिष विक, टेक रावल, मेनुका कुँवर, दिनेश खड्का चयन भएका छन् ।

कमिटी गठन कार्यक्रममा वोल्दै समाजवादी प्रेस संगठन केन्द्रिय उपाध्यक्ष एवंम् सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कुँवरले समाजवादी प्रेस संगठन सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा गठन भईरहेको बताए ।

उनले संगठनले पत्रकारका साझा मुद्धालाई शसक्त रुपमा अघि बढाउनको लागि निर्देशन दिए । नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कुँवरले समाजवादी प्रेस संगठनले पत्रकारका हक अधिकारको लागि आवाज उठाउनु पर्नेमा जोड दिए ।

Leave A Reply

Your email address will not be published.