माओवादी केन्द्रको चौरपाटी गाउँपालिका अधिवेशन सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौरपाटी गाउपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । देशभर पालिका कमिटी अधिवेश सम्पन्न गर्ने क्रममा अछामको चौरपाटीमा पनि अधिवेशन गरिएको हो ।

पार्टीका गाउँपालिका कमिटी अध्यक्ष शंकरमान बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता तथा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दिपक साउद रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता दिपक साउदले अहिलेको परिवर्तन माओवादी पार्टीको नेतृत्वमा भएको भन्दै चौरपाटीको बिकास निर्माणमा प्रतिबद्ध रहेको बताउनु भयो । सोही कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा चौरपाटी गापा ईन्चार्ज रामबहादुर थापा, जिल्ला सचिवालय सदस्य सुरत भुल, जिल्ला कमिटी सदस्य जीवन बिक्रम साउद, वडा नं. १ का वडा अध्यक्ष सालिभान साउद, नेकपा एमालेका पार्टी प्रतिनिधि, नेपाली काग्रेसका पालिका सभापति धर्मबहादुर साउदले शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन पार्टी सचिव गणेश साउदले गर्नु भएको थियो ।
यसैविच अधिवेशनको वन्दसत्रले जीवनबिक्रम साउदको अध्यक्षतामा नयाँ गाउँपालिका कमिटी गठन गरिएको छ ।