वस्तीमा नेकपा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न
पछाडि परेको वर्ग समुदायको मुक्तिका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाईरहेकोः नेता बोगटी
नेकपा माओवादी केन्द्र मंगलसेन नगरपालिका वडानम्वर १३ को पे्रथम वडा भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । वडा कमिटी संयोजक गौरब नेपालीको अध्यक्षतामा भएको कार्यक्रमबाट धनबिर नेपालीको अध्यक्षतामा नयाँ वडा कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा जैभान भूल, सचिवमा झनक ढुंगाना, सह सचिवमा भीम नेपाली र कोषाध्यक्षमा लल्ता बिक लगायत ३१ जना सदस्य रहनुभएको छ ।
वडा अधिवेशनको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका जिल्ला कार्यदल सदस्य लोक बहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै बोगटीले गरिब, निमुखा र पछाडि परेको वर्ग समुदायको मुक्तिका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाईरहेको बताउनुभयो । देश नै माओवादीको एजेण्डामा अघि बढिरहेको वताउँदै उहाँले माओवादीले गरेको संघर्षकै कारण सबै नेपाली जनताले अधिकार पाएको बताउनुभयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय प्रतिनिधि तथा प्रदेश सदस्य होम साउद ले उत्पिडिता जती र क्षेत्र समुदायले पाएका अधिकारको परयोग गर्दै थप अधिकारका लागि निरन्तर लड्नुपर्नेमा जोड दिनुभयो । यस्तै अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष कमल थापाले वर्गीय मुक्ति र समाज रुपान्तरणको प्रमुख हिस्सेदार पार्टी माओवादी भएको भन्दै यसमा गोलबद्द हुन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य पूर्ण बिक, वाईसिएल नेपालक जिल्ला सदस्य नृप बोगटी, माओवादी नेता जैभान भूल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । पार्टीका नेता बिजय ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन धनविर नेपालीले गर्नुभएको थियो ।
