प्रदेश अध्यक्ष भण्डारीले गरे माओवादी केन्द्र कमलबजारकाे नगर अधिवेशन उदघाटन
अछाम । नेकपा माओबादी केन्द्रको नगर अधिबेसनको उदघान समारोह कमलबजारमा सम्पन्न भएको छ। नगर कमिटिका अध्यक्ष रण बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य एवम सुदुरपश्चिम प्रदेश अध्यक्ष सरदसिंह भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै नेता भण्डारीले हाल सम्म जुनसुकै पार्टि सरकारमा आए पनि अछामको बिकास हुन नसकेको बताउनु भयो ।

साथै उहाले अहिले सम्म भएका प्राय परिबर्तन नेकपा माओबादीले गरेको स्मरण गर्दै ब्यावसाय गर्न ईच्छुक ब्यक्तीलाई सरकारले सहुलियतमा कर्जा प्रदान गर्नु पर्ने बताउनु भयो। कार्यक्रममा सुदुरपश्चिम प्रदेश कमिटि सदस्य बम बहादुर रावत, जोरासिङ बिष्ट, महिला नेत्री मोतिकला चलाउने, नेकपा एमालेका जिल्ला कमीटि सदस्य सारदा कुवर, नेपालि काँग्रेसका नगर सचिब निर्मल बिष्ट लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
जिल्ला कमीटी सदस्य खड्क भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन नगर कमिटि सचिब नरेन्द्र प्रसाद बजगाइले गर्नु भएको थियो । अधिवेशनकाे वन्नद सत्रले नयाँ नेतृत्व चयन गर्ने वताईएकाे छ ।