मालिका सामुदायक सिकाई केन्द्रलाई विभिन्न सामाग्री सहयोग

अछाम : मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तिमा रहेकाे मालिका सामुदायक सिकाई केन्द्रलाई विभिन्न सामाग्री सहयोग गरिएको छ । सिकाई केन्द्रलाई काेईका र युनेस्कोको आर्थिक सहयोगमा एक कार्यक्रमका बिच विभिन्न सामग्री हस्तान्तरण गरिएको हो ।


सामुदायिक सिकाई केन्द्रलाई २ लाख ८० हजार ४ सयकाे सामान हस्तान्तरण गरिएको जनाईएको छ । मंगलसेन नगरपालीका शिक्षा शाखा संयाेजक दिपेन्द्र बिष्ट र युनेस्कोका फिल्ड संयाेजक देबेस राज गिरीले वडानम्वर -१ का वडा अध्यक्ष गाेपाल थापालाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । बितरित सामग्रीहरुमा ल्यापटप २ थान, प्रिन्टर १ थान, प्राेजेक्टर १ थान, क्यामरा १ थान, ल्यापटप झाेला २ थान रहेका छन ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष गोपाल थापाले सामुदायिक सिकाई केन्द्रलाई आवश्यक सामाग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । केन्द्रलाई आवश्यक परेको बेला उपलब्ध सामाग्रीहरुले राहत भएको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
सामुदायिक सिकाई केन्द्रलाई आफुले वडा कार्यालय मार्फत पनि सक्दो सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि ब्यावस्थापनका लागि पहल गर्ने उहाँको प्रतिवद्दता छ ।

