अछाम जिल्लाव्यापी मावि स्तरिय निवन्ध प्रतियोगिता हुने सम्वन्धि सूचना

Kirci Gyan Kendra

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारि मंगल मिडिया नेटवर्क प्रा.लि. (मंगलखबर डटकम) अछाम द्धारा “जिल्ला व्यापी मावि स्तरीय निवन्ध प्रतियोगिता” आयोजना गरिएकोले अछाम जिल्ला स्थित सबै माध्यामीक विद्यालयहरुलाई प्रतियोगितामा सहभागी भई बिजेता बन्नका लागि हार्दिक अनुरोध गरिन्छ ।

Samajik New Add 2082

निवन्धको शीर्षकः घरेलु हिंसाले बालबालिकामा परेको असर

प्रतियोगिताको समय तालिका:

विद्यालय स्तरमा तोकिएको शीर्षकमा आन्तरिक प्रतिष्प्रधा गराउनुपर्नेः २०७८ मंसिर २० गतेभित्र

विद्यालयले उत्कृष्ठ १ निवन्धलाई स्थानीय तहको शिक्षा शाखामा पठाउनुपर्नेः मंसिर २१ गते भित्र

पालिकामा प्राप्त निवन्ध आयोजकलाई पठाउनुपर्नेः मंसिर २२ गते भित्र

मुल्याँकन कार्य र बिजेता घोषणाः मंसिर २४ गते भित्र

पुरस्कार वितरण तथा सम्मान कार्यक्रमः मंसिर २५ गते

प्रतियोगिताका नियमहरुः,

Saud Agro Kailash

१. अछाम जिल्लाभरिका जुनसुकै माध्यामीक विद्यालयबाट पनि सहभागिता जनाउन पाईने ।

२. सम्वन्धित विद्यालयले मावि स्तरमा आन्तरिक प्रतिष्प्रधा गराई उत्कृष्ट १ निवन्धलाई सम्वन्धित स्थानीय तह/शिक्षा शाखा मार्फत आयोजकलाई पठाउनुपर्ने ।

३. सहभागी विद्यालय, विद्यार्थिको नाम, ठेगाना, कक्षा समेत उल्लेख गरि सक्कल प्रति वा स्क्यान प्रति तोकिएको समयभीत्र उपलब्ध गराउनुपर्ने ।

४. प्रतिष्प्रधामा सहभागी निवन्ध मध्येबाट प्रथम, दृतिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः १२ हजार ५ सय, १० हजार,  ७ हजार पाँच सय र ५ हजार नगद पुरस्कार सहित प्रमाण-पत्रद्धारा पुरस्कृत गरिनेछ । साथै प्रथम, दृतिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई समेत सम्मानित गरिनेछ भने पुरस्कार रकममा नेपाल सरकारको नियमानुसार करकट्टी गरिनेछ ।

५. प्रतिष्प्रधामा सहभागी सबै निवन्धहरुको संगालोका रुपमा एउटा पुस्तक प्रकाशन गरिने गरिनेछ । सहभागी सबै निवन्धहरुलाई भाषिक सम्पादन सहित मंगलखबर डटकम मार्फत पनि प्रकाशीत गरिने छ ।

६. निर्णायकका लागि सम्वन्धित विषयका विज्ञ सम्मिलित विशेष समिति निर्माण गरिने र उनिहरुबाटै निवन्धहरु जाँच गरिने ।

विशेष समन्वय र सहयोगका लागि अछामका १० वटै स्थानीय तहमा पत्राचार गरिएकोले सम्वन्धित पालिकाको शिक्षा शाखामा समन्वय गर्न सकिने छ ।

थप जानकारीका लागिः ९८४८५५२०३०/९८४८४७२६००/९८००६०१७२७

ईमेलः [email protected]

आयोजकः

मंगल मिडिया नेटवर्क प्रा.लि. (मंगलखबर डटकम) अछाम

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.