शिसुसुधार मावि वस्तिमा योग शिविर सम्पन्न

शिशु सुधार मावि मंगलसेन नगरपालिका वडा नम्वर १३ वस्तिमा याेग शिविर सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाकाे आयाेजनामा कार्यक्रम सम्पन्न भएको हो ।

Samajik New Add 2082

वडा अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा भएको योग शिविरमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विश्व शान्ति महाअभियानका याेग यात्री बिष्णु खड्काले योग प्रशिक्षण गराउ।नुभएको थियो ।
सो कार्यक्रममा मंगलसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर साेडारी, नेपाली काङ्ग्रेस वडा सभापति हिकमत बहादुर बाेगटी, नेकपा माओवादी केन्द्रका गाैरब नेपाली, यसाेधरा माविका प्रअ लाल बहादुर धामी लगायतका अतिथि रहनुभएको थियो । योग शिविर कार्यक्रमको संचालन शिशुसुधार माविका प्रअ अर्जुन थापाले गर्नुभएको वडा नम्वर १३ का वडा सचिव डण्डिप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.