अछाममा बस दुर्गटना हुँदा २ जनाको मृत्यु, २९ घाइते

मृतक दुबैको सनाखत

अछाम १४ मंसिरः
अछाममा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मंगलसेनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्वरको बस मंगलसेन नगरपालिका ४ डाँडाघरमा दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै ज्याँन गएको हो ।

ज्याँन गुमाउनेमा मंगलसेन नगरपालिका १ कुन्तिवण्डालीका २१ वर्षिय एकेन्द्र थापा र वडानम्वर १४ कालागाउँका ५७ वर्षिय टंक भण्डारी रहेका छन । दुर्घट्नामा अन्य २९ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक तुलसीराम अर्यालले बताउनुभयो । घाईते मध्ये ८ जनाको बयालपाटा अस्पताल र २१ जनाको जिल्ला अस्पतालमा मंगलसेनमा उपचार भईरहेको अर्यालले जानकारी दिनुभयो ।
सुदूरपश्चिम यातायात प्रा. लि. को वस दिउसो करिव ३ बजे साँघुरो सडकबाट करिब २० मिटर तल खोल्सामा पल्टिएको थियो । पल्टीएको बसको छतमुनी पनी च्यापिएको हुनसक्ने आशंका रहेको भन्दै घट्ना स्थलमा रहनुभएका अछाम प्रहरी प्रमुख अर्यालले आफुहरु डोजरको सहायताले बस निकालेर एकिन गर्ने कार्यमा रहेको बताउनुभयो ।

Janahitkari notice EYE

सो बसले मंगलसेन काउन्टरबाट ३८ जनाको चलानी लिएर गएको सुदूरपश्चिम यातायात प्रालिका मंगलसेनका काउन्टर ईञ्चार्ज राजेशबाबु बोगटीले बताउनुभयो । बसका चालक गोकुल खड्का र सहचालक भने फरार रहेको जनाईएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.