एकिकृत समाजवादीको साँफेबगर नगरपालिकाका जिल्ला कमिटीका सदस्यहरुको वैठक सम्पन्न
वैठकले मंसिर २१ गते हुने प्रथम नगर भेलालाई सफल पार्नको लागि विभिन्न समिति गठन
नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादीको) साँफेबगर नगरपालिकाका जिल्ला कमिटीका सदस्यहरुको वैठक आज साँफेबगरमा सम्पन्न भएको छ । एकिकृत समाजवादीका जिल्ला कमिटी उपसचिव, साँफेबगर नगर संगठन कमिटीका ईन्चार्ज हिक्मत कुँवरको अध्यक्षतमा भएको वैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो ।

वैठकलार्ई सम्बोधन गर्दै केन्द्रिय कमिटी सदस्य कुँवरले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आन्दोलन गर्ने लगाउने अहिले एकताको नाममा केपिको दासत्व सहने व्यक्तिले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको धारणा व्यक्त गर्नुभयो । उहाँले केपि ओलिको गलत कदमका विरुद्ध एमालेबाट समाजावादी पार्टीले बिद्रोह गरेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि केन्द्रिय सदस्य अछाम ईन्चार्ज, साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले केपि ओलिको गलत कदमलाई अन्त्यमा आएर भिम रावलले साथ दिएका कारण रावलको साथ छोडेको बताउनुभयो । उहाँले रावलले सुरुमा जुन बाटो देखाएको आफू त्यही बाटोमा अघि बढेको बताउदै बरु रावलले भनेर गन्तव्य छोडेर ओलिको शरणमा गएको बताउनुभएको । वैठकले मंसिर २१ ग्ते हुने प्रथम नगर भेलालाई सफल पार्नको लागि विभिन्न समिति गठन गरेको छ ।
जिल्ला कमिटी उपसचिव, साँफेबगर नगर संगठन कमिटीका ईन्चार्ज हिक्मत कुँवरको संयोजकत्वमा कार्यक्रम सञ्चालन समिति गठन गरेको छ । उक्त समितिको सदस्यमा जिल्ला कमिटी सचिवालय सदस्य जयन्ति वोगटी र जिल्ला कमिटी सदस्य लोचन स्वाँर रहनुभएको छ । यस्तै सांस्कृतिक समितिको संयोजकमा भरत कुँवर र उपसंयोजक नवराज आउजी रहनुभएको छ । युवा संघका केन्द्रिय सदस्य मुकेश सुनारको संयोजकत्वमा मंच व्यवस्थापन समिति, जिल्ला कमिटी सचिवालय सदस्य नृप कुँवरको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति र जुलुस व्यवस्थापन समितिको संयोजकमा जिल्ला कमिटी सदस्य भरत कुँवरको र उपसंयोजकमा जिल्ला कमिटी सचिवालय सदस्य शंकर कुँवर र मानबहादुर कुँवर चयन हुनुभएको छ ।
वैठकमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेरबहादुर साउद, शिवबहादुर कुँवर शिलोज, जितबहादुर निशानी, जिल्ला कमिटी उपाध्यक्ष बिर्मला देबि बुड्थापा, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य अछाम जिल्ला कमिटी अध्यक्ष शकर बिष्ट लगयतको सहभागिता रहेको थियो ।