माओवादीकै कारण जनताले घरको नजिकको सरकार पाएकोः मुख्यमन्त्री भट्ट
अछामः

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेल्लेख गाउँपालिकाको प्रथम अधिबेशन भब्य समारोहका साथ सम्पन्न भएको छ । “क्रान्तिकारी बिचार सुदृढ संगठन र समृद्ध समाजको महा अभियान, समाजबादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिबेशन” भन्ने मुल नाराका साथ अधिवेशन भएको हो ।
अधिबेशनलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज एवं मुख्य मन्त्री त्रिलोचन भट्टले देशलाई समग्र रूपमा परिवर्तन गर्न चाहने पार्टी माओवादी भएको बताउनुभयो । अहिलेको आमुल परिवर्तनको श्रेय माओवादी केन्द्रले गरेको दशबर्से जनयुद्ध लाई जाने बताउँदै मुख्यमन्त्री भट्टले अहिले जनताले घरको नजिक जनताले सरकार पाएको बताउनुभयो । यो देन नेकपा माओवादी केन्द्रको रहेको उहाँको भनाई छ ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य तरामान स्वारले समाजबादी क्रान्ति गर्नको निम्ति सबै मिल्नु पर्नेमा जोड दिनुभयो । मेल्लेख माओवादीमय भएको भन्दै स्वारले यो जोस, जागर र उमंगलाई कहिले पनि सेलाउन नदिन सबैमा आग्रह गर्नु भयो ।
अधिबेशन उदघाटन समारोहमा नेकपा माओवादी केन्द्र अछाम जिल्ला इन्चार्ज झपट साउद, डोटी जिल्ला इन्चार्ज शिव सिंह ओलि, प्रदेश कमिटी सदस्य दिपक साउद, प्रदेश कमिटी सदस्य एवं मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा, प्रदेश कमिटी सदस्य इश्वरी खड्का, अछाम जिल्ला सचिवालय सदस्य राम बहादुर थापा, जिल्ला कमिटी सदस्य वीर बहादुर साउद, भिम बहादुर बुढा, बलाराम उपाध्याय, अखिल क्रान्तिकारी निबर्तमान केन्द्रीय सचिव मदन कुमार भुल रोशन, जिल्ला कमिटी सदस्य टेकबहादुर साउद, जिल्ला सल्लाहकार सदस्य देब साउद, डम्बर बुढा, प्रजित साउद, रन बहादुर बुढा, पार्टीको चौरपाटी गाउँपालिका कमिटी अध्यक्ष जीवन बिक्रम साउद, नेकपा एमाले प्रतिनिधि सुरेन्द्र साउद, नेपाली काङ्ग्रेस मेल्लेख सभापति खगेन्द्र साउद, एकीकृत समाजबादी मेल्लेखका सचिव टेकबहादुर साउद, कैलाली जिल्ला कमिटी सदस्य राधिका साउद लगाएतका अतिथि रहनुभएको थियो ।

अधिबेशनको अवसरमा मेल्लेख गाउँपालिकाका सहिद परिवारलाई मुख्यमन्त्री भट्टको हातबाट खादा तथा माला लगाएर सम्मान गरिएको थियो । साथै मुख्यमन्त्री भट्टले गाउँपालिका द्वारा निर्माण गरिएका विभिन्न भौतिक संरचनाहरुको समेत अवलोकन गर्नुभएको छ । गाउँपालिका कमिटी अध्यक्ष ज्वालासिंह साउदको अध्यक्षता तथा जिल्ला सल्लाहकार सदस्य टंका बिकको स्वागत मन्तव्य बाट शुरु भएको अधिबेशन उदघाटन सत्रको संचालन जिल्ला कमिटी सदस्य गम्भीर साउदले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय सास्कृतिक झलकहरु समेत प्रदर्शन गरिएका थिए ।
